धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
नवजीवन सहकारीको इकाइ भेला

नवजीवन ब्राण्डमा चामल बजारमा ल्याउन बजेट २ करोड छुट्याइयो

नवजीवन ब्राण्डमा चामल बजारमा ल्याउन बजेट २ करोड छुट्याइयो

धनगढी । नवजीवन सहकारी संस्थाले  आफ्नै ब्राण्डमा चामल बजारमा ल्याउन बजेट बिनियोजन गरेको छ ।  कैलाली जिल्लाको गोदावरी नगरपालिकाको मजगाउमा रहेको  जग्गा र गोदामको उपयोग गर्दै नवजीवनकै ब्राण्डमा  चामल बजारमा ल्याउनका लागि काम अघि बढाउन शनिबार धनगढीमा भएको उत्त m सहकारीको धनगढी, अत्तरिया, आइबीआरडी र फुलवारी इकाईको भेलाले २ करोड रुपैया बिनियोजन गर्ने निर्णय  गरेको छ ।

मजगाउमा नवजीवनले आठ बर्ष अघि किनेको जग्गामा नवजीवनको ६० लाख र रिज्मको ४० लाखको लगानीमा गोदाम निर्माण भैसकेको छ ।

किसानको उत्पादनलाई खरिद गरेर गुणस्तरिय चामल सस्तो मुल्यमा उपलवध गराउन  इकाई भेलाले  उत्पादनको काम अघि बढाउने निर्णय गरेको  नवजीवनका अध्यक्ष देब बहादुर बमले बताए ।

इकाई भेलाले गोदावरी नगरपालिकाको अत्तरियामा शाखाका लागि आफ्नै भवन बनाउन ३ करोड ५० लाख र बर्दियाको बासगडीमा घर निर्माणका लागि जग्गा खरिद गर्न  ३ करोड रुपैया बिनियोजन गर्ने निर्णय समेत गरेको छ ।

अध्यक्ष बमका अनुसार कन्चनपुरको महेन्द्रनगरमा रहेको सुदुर बचत तथा ऋण सहकारी संस्थालाई आफुमा गाभ्ने निर्णय समेत इकाइल भेलाले गरेको छ ।

सीमित बैंकिङ कारोवारको अनुमति पाउने  नेपालकै  पहिलो सहकारी नवजीवनको स्थापना २०५१ सालमा भएको हो । उक्त सहकारीले आफ्नो २९औं बार्षिक साधारण सभा   आयोजना गर्ने क्रममा इकाई भेलाहरु  गर्दै आएको छ ।  इकाइ भेलाहरुबाट चुनिएर आएका प्रतिनिधिहरुको सहभागितामा पुस ७ गते धनगढीमा बार्षिका साधारण सभा हुनेछ ।

गत असारसम्म ३० हजार ४ शय ४२ शेयर सदस्य रहेको नवजीवन सहकारीको अधिकृत शेयर पुजी ५० करोड रहेकोमा चुक्ता शेयर पुजी २६ख करोड ९५ लाख ६८ हजार रहेको छ ।

सहकारीको इकाई भेलामा सुदुरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले देशको बिकासमा सहकारीको भुमिका महत्वपुर्ण रहेको उल्लेख  गर्दै नवजीवनले सबै गतिविधिमा संलगन व्यक्तिहरुलाई आर्थिक कृयाकलापमा जोड्न भुमिका खेलेको बताए ।

 सहकारहरुको भुमिकालाई ख्याल गर्दै अझै नियमन र व्यवस्थित बनाएर लैजान आवश्यक रहेको प्रदेश प्रमुख जोशीले बताए ।

प्रतिनिधि सभा सदस्य एवम सहकारी महासंघका सञ्चालक तारा लामा  तामाङले सहकारीहरु साच्चिकै सहकारी बन्नु आवश्यक रहेको बताए ।  सहकारीहरु आफ्नो उदेश्य अनुसारका कृयाकलापमा संलग्न भएर सेवा पुरयाउनु पर्ने बताउँदै उनले उदेश्य भन्दा फरक काममा लाग्ने कृयाकलाप बन्द गर्नु पर्ने बताए ।

नववीवन सहकारीका अध्यक्ष देब बहादुर बमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सुदुरपश्चिम बिश्वबिद्यालयका पुर्व रजिष्टार हेमराज पन्त, पुर्व सांसद महेश्वर पाठकजिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणिराज सापकोटानवजीवन सहकारीका पुर्व अध्यक्ष चक्र बहादुर सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।