धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
कैलालीको भजनीमा चोरी, डकैतिको आतंक

किटानी सहति उजुरी दिंदा पनि कारवाही गर्दैन प्रहरी

किटानी सहति उजुरी दिंदा पनि कारवाही गर्दैन प्रहरी

धनगढी । मंसिर ८ गते भजनी नगरपालिका–७ चरर्राका सञ्जय सक्सेनाको घरमा चोरी भयो । पेस्तोल तथा धारिला हतियार सहित मध्य राती घर भित्र पसेका ५–७ जनाको समुहले सञ्जयको परिवारलाई कुटपिट गर्नुका साथै नगद, गरगहना र अन्य जिन्सि सामाग्री चारेर लगे ।
मंसिर १० गते चोरी डकैतिमा संलग्न भएको आरोपमा सञ्चयले दुई जनाको नाममा किटानी सहति प्रहरीमा उजुरी दिए ।  किटानीका आधारमा प्रहरीले दुई जना भारतीय नागरिक (भारतको तिकुनियाका लसमान खान र विशाल अग्रवाल)लाई पक्रउ गरेपनि उनिहरुलाई मंसिर २९ गते प्रमाण नभेटिएको भन्दै छोडिएको छ ।
सोही ठाउँका प्रेम चोधरीको दुई हप्ता अघि तीन वटा खसी चोरी भए । प्रहरीलाई चोरीको उजुरी दिएपनि हाल सम्म अपराधी समातिएनन् ।
बैशाख १२ गते अमर कठरियाको घरमा पनि राती १२ बजे ४–६ जनाको समुह आएर २२ लाख भन्दा बढीको नगर तथा जिन्सि सामाग्री लुटपाट भयो । लुटेराले अमर कठरियालाई भाला तथा धारिलो हतियार प्रहार गरी घाइते समेत बनाएका थिए । 
यी तीनवटा प्रतिनिधि घटना मात्रै हुन् । भजनी नगरपालिका–७ को चर्रामा बैशाख यता साना ठुला गरी दर्जन बढी चोरी डकैति, र लुटपाट भएका छन् । तर हाल सम्म प्रहरीले एक जनालाई पनि पक्राउ गर्न सकेको छैन । 
‘चोरी डकैति भएको घटना गाउँलेले ढिलोगरी मात्रै जानकारी दिने गदृछन्,’ इलाका प्रहरी कार्यालय भजनीका इन्चार्ज प्रहरी निरिक्षक राजेन्द्र खड्काले भने, ‘जस्का कारण अपराधि उम्कने गरेका छन् ।’
प्रहरीले स्थानीएको कम्जोरी देखाएर चोर समात्न समस्या भइरहेको गुनासो गरेपनि स्थानीयले भने प्रहरीको सक्रियता नभएका कारण चोरी, डकैतिका घटना बढेको आरोप लगाएका छन् । ‘हामीले किटानी सहति प्रहरी समक्ष निवेदन दिएका छौं,’ पिडित अमरसिंह कठरियाले भने, ‘प्रहरीले त्यसता घटनामा पनि अनुसन्धान गरेको छैन, बरु हाम्रै कम्जोरी देखाएर हामीलाई निरास पार्ने गरेको छ ।’
दैखिक चोरी हुन थालेपछि स्थानीयमा त्रास बढेको उनले बताए । राती राती पेस्तोल सहित डाकाहरु घर भित्र पस्न थालेपछि यहाँका नागरिकमा त्रास बढेको छ,’ स्थानीय प्रेम चौधरीले भने, ‘लुटेला आउने डरका कारण नागरिक सुत्न सहिरहेका छैनन्, प्रहरी प्रतिपनि यहाँका नागरिकको विश्वास घटेको छ ।
बैशाखमा घरमा चोरी भएपछि अमरसिंह कठरियाले चोरीको आशंकामा स्थानीय फयात खान, उस्मान खान र तयब खानको नाममा किटानी दिएका थिए । तर उनिहरुमाथी प्रहरीले कुनै प्रमाण नरहेको भन्दै अनुसन्धाननै गरेको छैन ।
प्रदेश सभा सदस्य तथा जसपा नेपालकी केन्द्रिय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज मालामति रानाले स्थानीयमा प्रशासन नै नभएजस्तो अनुभुति भइरहेको बताइन् ।
‘हामी त्यहाँ जाँदा नागरिकले प्रहरी प्रशासननै नभएको भन्दै गुनोसो गरिरहेका हुन्छन्,’ रानाले भनिन्, ‘दैनिक जसो हुने लुटपाट प्रहरीकै संरक्षणमा भएको छ, भन्ने गुनासो आइरहेको छ, यस विषयमा प्रहरी प्रशासनको ध्यान जानु आवश्यक छ ।’
सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ रहेका भएपनि भारतीय नागरिक राती नेपाल पसेर आतंक मच्चाउनुमा सुरक्षा व्यवस्थानै कम्जोर रहेको देखिएको उनि बताउँछिन् ।
प्रहरीले भने स्थानीय नागरिकको क्जोरी देखाएर पञ्छिने प्रयास गरेको छ । ‘टोलमा चोरी भएको जानकारी तत्काल प्रहरीलाई गराउँदैनन्,’ इलाका प्रहरी कार्यालय भजनीका इन्चार्ज प्रहरी निरिक्षक राजेन्द्र खड्काले भने, ‘एउटाले अर्कोलाई सहयोग पनि गर्दैनन्, जस्का कारण हामीलाई अनुसन्धान गर्न समस्या भइरहेको छ ।
गाउँमा चोरी बढेको भने उनले स्वकारे । ‘केही समय यता चरेरामा चोरी बढेको छ,’ उनले भने, ‘प्रहरी अन्य सुरक्षा व्यवस्थामा व्यवस्त भएको समयमा बढी चोरी भएको छ, यसलाई रोक्न सशस्त्र प्रहरी संग समन्वय गरेर अघि बढ्दैछौं ।’
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले भने भजनीका एम दुई घटना बाहेक अन्य घटनाका बारेमा जानकारी नभएको बताए ।
सञ्जय सक्सेनाको घरमा भएको चोरी प्रकरणमा किटानी परेकाहरुमाथी छानविन गर्न दुई जनालाई पक्राउ गरिएको भएपनि उनिहरुमाथी मुद्धा चलाउने कुनै प्रमाण नभेटिएका कारण छोड्नुपरेको हो,’ प्रबक्ता जोशीले भने, ‘अन्य घटनाका बारेमा मलाई त्यती जानकारी छैन, यस विषयमा म बुझ्ने छु ।’
सञ्जयद्वारा पुनः अनुसन्धानको माग
मंसिर ८ गते राती घरमा चोरी भएपछि किटानी सहति उजुरी दिएका दुई जना भारतीय नागरिकलाई प्रहरीले छाडेपछि पिडित सञ्जयले पुनः अनुसन्धान गरिदिन आग्रह गरेका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै उनले प्रमाण सहित दुई जना सल्मान खान र विशाल अग्रवाललेनै आफ्नो घरमा चोरी गरेको भन्दै सो घटनामा पुनः अनुसन्धान हुनुपर्ने बताए ।
‘मेरो घरको चक्कुनै उनिहरुबाट प्रहरीले बरामद गरेको छ,’ सक्सेनाले भने, ‘त्यो भन्दा ठुलो प्रमाण अरु के चाहिन्छ वाकिल र प्रहरीलाई ? त्यसैले उनिहरुमाथी पुनः अनुसन्धान गरियोस् भन्ने मेरो माग हो, यस विषयमा प्रहरी, सरकारी वकिल पनि गम्भिर बनुन् ।’
चोरीको आरोपमा किटानी सहति दिएको जाहेरी पछि पक्राउ परेका भारतीय नागरिलाई अनुसन्धाननै नगरी प्रहरीले छोडेको उनको आरोप छ ।
कैलालीको भजनी नगरपालिका–७ स्थित चर्रा पृथिबिपुरका सञ्जय सक्सेनाले आफ्नो घरमा ५ लाख ८१ हजार चोरी गरेको आरोपमा भारतको  तिकुनियाका सलमान खान तथा विशाल अग्रवालका नाममा मंसिर ९ गते जाहेरी दिएका थिए ।
जाहेरी पछि दुवै जनालाई प्रहरीले पक्राउ गरेको भएपनि छानविन नै नगरी छोडेको सञ्जयको आरोप छ ।
तर प्रहरीले भने जाहेरी परेका दुवै जनालाई चोरी गरेको कुनै पुष्टि नभएका कारण छाडेको जनाएको छ । ‘किटानी परेका दुवै जनालाई पक्राउ गरी उनिहरुमाथी छानविन गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले भने, ‘छानविनका क्रममा चोरी गरेको कुनै प्रमाण फेला नपरेका कारण दुवै जनालाई बुधबार छोडिएको हो ।’ सञ्जयले चोरीको आरोप लगेका भारतीय नागरिक माथी प्रहरीले छानविननै नगरेको गुनासो गरेका छन् ।
‘उनिहरुलाई पहिलानै छोड्ने योजना प्रहरीले बनाएको थियो,’ सञ्जयले भने, ‘तर हामीले दवाद दिएका कारण केही समय छानविन गरेजस्तो मात्रै गरेर प्रहरी उम्कन खोजेको देखिन्छ ।’ चोरी गरेको भोलिपल्ट आरोपितबाट आफ्नो घरको चक्कु समेत भेटिएको उनले बताए । 
आफुले किटानी दिएका ती भारतीय नागरिकले त्यस अघि पनि गाउँ पसेर ४–५ घरमा चोरी गरेको र अन्य अपराधिक क्रियाकलाप समेत गर्ने गरेको सञ्जयले बताए । 
‘एक दुई पटक त गाउँमै मिलापत्र गरेर प्रहरीकै रोहबरमा उनिहरुलाई छोडिएको पनि थियो,’ उनले भने, ‘हामीले मिलापत्र गर्दा उनिहरुको मनोबल उच्च भएछ, त्यसपछि घरनै लुट्न थालेपछि किटानी सहित मुद्धा चलाउन उजुरी दिएका हौं, तर प्रहरीले पनि कारवाही गरेन ।’
प्रहरी प्रबक्ता जोशीले पक्राउ परेका दुवै जनाका नाममा सार्वजनिक मुद्धा लगाउने तयारी अनुसार अदालतबाट म्याद थप गरी छानविन गरेको भएपनि छानविनका क्रममा कुनै प्रमाण नभेटिएको बताए । 
चक्कु मेरो हो भन्ने निवेदक सञ्जयको बयानले मात्रै मुद्धा दर्ताका लागि प्रमाण पुग्दैन,’ प्रबक्ता जोशीले भने, ‘उसले जाहेरीमा भनेजस्तो नगद र अन्य जिन्सि सामाग्री ती भारतीय नागरिक संग भेटिएनन्, उनिहरुले यत्रो दिनसम्म अपराध पनि स्वीकारेनन्, कुनै प्रमाण नभेटेपछि हामीले छोडेका हौं ।’
सञ्चय सक्सेनाले भने आरोपित सलमान र विशाललेनै आफ्नो घरको समान चोरेको दावि गरेका छन् । चोरी गर्न आउँदा आफुले बोलिबाटै उनिहरुलाई चिनेको र पछिल्लो दिन आफ्नो घरमा प्रयोग हुने चक्कु समेत उनिहरुको साथ बाट भेटिनुले चोरेकोहो भन्ने स्पष्ट हुने उनि बताउँछन् ।
आफ्नो घरबाट मंसिर ८ गते एक लाख ६० हजार नगद, दुई तीन सेट मोबाईल, तथा अन्य सामाग्री गरेर ५ लाख ८१ हजार मुल्य बराबरको धन सम्पति चोरीभएको सञ्जय सक्सेनाले बताएका छन् । प्रहरीको मिलोमतोमा आरोपिलाई छाडिएको उनको आरोप छ ।