धनगढी पोष्ट
बुधबार, ०६ पुष २०७९ मा प्रकाशित
धनगढी । कैलाली हाडवेयर व्यवसायी संघकाका स्व.सचिव अम्बादक्त भट्टको परिवारलाई संघले एक लाख आर्थिक सहयोग गरेको छ ।
न्यु जगदम्बा हाडवेयरका सञ्चालक समेत रहेको भट्टको १३औं दिनको पुण्डे तिथिका अवसरमा आयोजित श्रद्धाञ्जली सभाका अवसरमा मृतकको आत्माको चिर शान्तिको कामनाका लागि दिप प्रज्वलन सहति मृतकका परिवारलाई आर्थिक सहयोग गरेको संघका अध्यक्ष कुवेर शाहीले बताए । संघले मृतकका परिवारलाई १ लाख ४ हजार २ सय १५ रुपैंया आर्थिक उहयोग प्रदान गरेको हो ।
विश्वव्यापि आर्थिक मन्दिको अवस्थामा परिवारको आर्थिक व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको अध्यक्ष शाहीले बताए । जिल्ला स्थित कैलाली हार्डवेयर व्यवसायी संघ अन्तर्गतका हार्डवेयर व्यवसायीको उपस्थितीमा दिप प्रज्वलन तथा आर्थिक सहयोग गरिएको हो ।
व्यवसायिक एकता र हरेक सुख दुःखको अवस्थामा हातेमालो तथा सहकार्य गर्न स्थापना भएको संस्थाको उद्देश्य अनुरुप परिवार जनलाई सकेको सहयोग गरिएको अध्यक्ष शाहीको भनाई छ ।
‘मृतकको परिवारमा पर्न गएको पिडामा सहानुभूति प्रदान गर्न र अहिलेको आर्थिक मन्दि भएको अवस्थामा घरपरिवारलाई थोरै भएपनि सहजता होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको हो,’ अध्यक्ष शाहीले भने, ‘यस दुःखद घडिमा मृतकका परिवारजनलाई सक्दो सहयोग गर्न सम्पुर्ण हाडवेयर व्यवसायी आगामी दिनमा पनि संगै हुने छौं ।’