धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सुदूरपश्चिम प्रदेश सभा : १८ गते पहिलो बैठक बोलाउने तयारी

पुस १५ गते प्रदेश सभा सदस्यलाई सपथ खुवाईने

सुदूरपश्चिम प्रदेश सभा  : १८ गते पहिलो बैठक बोलाउने तयारी

सिबि चौधरी

धनगढी सुदूरपश्चिममा निर्वाचित प्रदेश सभा सदस्यलाई पुस १५ गते सपथ खुवाईने भएको

यस अघि पुस ११ गते भित्रै सपथ खुवाउने तयारी गरिएकोमा प्रदेश सभा सदस्यको व्यवस्तताका कारण १५ गते सारिएको प्रदेश सभा सचिवालयका सचिव देपबहादुर बोगटीले बताए

केही नवनिर्वाचित प्रदेश सभा सदस्य काठमाण्डौंमै रहेको धनगढी फर्कन सयम लाग्ने खबर आयो, प्रदेश सभा सचिवालयका सचिव बोगटीले भने, ‘उहाँहरु ११ गते उपस्थित हुन नसक्ने जानकारी आएपछि १५ गते सारिएको हो

सचिव बोगटीका अनुसार पुस १८ गते प्रदेश सभाको पहिलो बैठक बोलाउने तयारी थालिएको । संवैधानिक व्यवस्था अनुसार पुस २१ भित्र पहिलो बैठक बोलाईसक्नु पर्ने भएपछि प्रदेश प्रमुखज्यूले त्यस अघिनै बैठक बोलाउने भन्नु भएको , सचिव बोगटीले भने, ‘प्रदेश प्रमुख ज्यूकै सल्लाह अनुसार १८ गते पहिलो बैठक बोलाउने तयारी भएको , कुनै समस्या नभए त्यही दिन बैठक बस्न सक्छ

प्रदेश सभमा निर्वाचित सदस्य मध्य अछाम क्षेत्र नम्बर () बाट निर्वाचित ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावललाई प्रदेश प्रमुखले सपथ खुवाउने छन् साउँद प्रदेश सभामा सवै भन्दा जेष्ठ सदस्य हुन् उनको उम्मेर ६८ बर्ष रहेको

प्रदेश प्रमुखले सपथ गराएपछि साउँदले प्रदेश सभाका बाँकी ५२ प्रदेश सभा सदस्यलाई सपथ गराउने छन् निर्वाचन आयोगले निर्वाचनको अन्तिम सूची प्रदेश प्रमुख समक्ष बुझाएको २० दिनभित्र निर्वाचित सदस्यको सपथ प्रदेशसभा बैठक आह्वान गर्नुपर्ने प्रावधान पुसमा आयोगले प्रदेशसभामा प्रत्यक्ष निर्वाचन प्रणाली समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यको सूची प्रदेश प्रमुखलाई बुझाएको थियो

आयोगले बुझाएको सूची प्राप्त भएको २० दिनभित्र प्रदेशसभा सदस्यको सपथ प्रदेशसभा बैठक आह्वान गरिसक्नु पर्ने प्रावधान रहेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले बताए

संविधानको धारा १७९ बमोजिम प्रदेशसभामा निर्वाचित हुने सदस्यले प्रदेश प्रमुख समक्ष सपथ लग्नु पर्ने प्रावधान रहेको प्रदेश प्रमुख समक्ष सपथ लग्दा प्रदेश प्रमुखले सबैभन्दा जेष्ठ सदस्यलाई सपथ खुवाउने ती जेष्ठ सदस्यले बाँकी प्रदेशसभा सदस्यलाई सपथ खुवाउनु पर्ने प्रावधान

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव ढुंगानाका अनुसार जेष्ठ सदस्यको पहिचान प्रदेशसभा सचिवालयले गर्नुपर्ने हुन्छ सुदूरपश्चिम प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्यमध्ये जेष्ठ सदस्यको पहिचान भइसकेकाले पुस १४ भित्रै सपथका लागि तयारी थालिएको बताए

निर्वाचन आयोगले बुझाएको सूचीअनुसार अछाम को प्रदेश सभा बाट निर्वाचित प्रदेशसभा सदस्य मानबहादुर रावलज्यू सबैभन्दा जेष्ठ सदस्य रहेका छन्, सूचना अधिकारी जैशीले भने, ‘त्यसैले उहाँलाई नै प्रदेश प्रमुखज्यू समक्ष पहिलो सपथका लागि आह्वान गर्ने प्रदेशसभाको पहिलो बैठकको अध्यक्षताका लागि आह्वान गर्ने तयारी गरिएको प्रदेशसभा सचिवालय प्रदेश प्रमुखको कार्यालयको समन्वयमा प्रदेशसभा बैठक बोलाएर पनि निर्वाचित प्रदेशसभा सदस्यको सपथ गराउन सकिनेछ, भने सपथ पछि प्रदेश सभा बैठक पनि बस्न सक्ने

प्रदेश सभामा निर्वाचित सदस्यमध्ये रावल पछि बैतडी प्रदेश सभा क्षेत्र बाट निर्वाचित शिवराज भट्टको उमेर सबैभन्दा बढी उनको उम्मेर ६५ बर्ष रहेको संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको पहिलो बैठक २२ पुसभित्रै बसिसक्नु पर्नेछ त्यसका लागि पहिलो बैठक दोश्रो बैठक जेष्ठ सदस्यले सञ्चालन गर्न सक्ने छन् निर्वाचित प्रदेशसभा सदस्यको दोश्रो प्रदेशसभा बैठकले सभामुख उपसभामुख चयनको प्रक्रिया अघि बढाउने