धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
केन्द्रिय समीकरणले प्रदेश सरकारको समिकरण पनि बदलियो

सुदुरपश्चिममा पनि माओवादी, एमाले  र उन्मुक्तिको सरकार

सातै प्रदेशमा गठबन्धनको बहुमत पुग्छ : पाठक

धनगढी केन्द्रिय सरकार निर्माणमा नयाँ गठबन्धन बनाएका नेकपा माओवादी, एमाले, नागरिक उन्मुक्ति पार्टी राप्रपाको सुदुरपश्चिम प्रदेश सभामा पनि स्पष्ट बहुमत पुग्दैछ बहुमत पुग्ने भएपछि नयाँ गठबन्धनले सुदुरपश्चिम प्रदेशमा पनि सरकार निर्माणको तयारी शुरु गरेको तर कसले नेतृत्व लिने भन्ने टुंगो लािगसकेको छैन

माओवादी  चुनावी गठबन्धन छोडेर एमाले सहितको गठबन्धनमा सहभागी बनेपछि सुदुरपश्चिम प्रदेश सभाको सबै भन्दा ठुलो दल नेपाली कांग्रेस नेपा एकीकृत समाजवादीले मात्र बहुमत नपुग्ने भएपछि उनीहरु सरकार बाहिर रहनु पर्ने भएको

केन्द्रमा  प्रचण्डको नेतृत्वमा बनेको गठबन्धनमा सहभागी दलहरुको सुदुरपश्चिम प्रदेश सभामा पनि स्पष्ट बहुमत पुग्छ नेकपा एमालेका सुदुरपश्चिम प्रदेश सचिव  एवम  सुदुरपश्चिम प्रदेश सभा सदस्य  धर्मराज पाठकले भने केन्द्रको गठबन्धनको प्रभाव प्रदेशमा  पर्नु स्वभाविक हो त्यसैले सुदुरपश्चिम प्रदेशमा पनि केन्द्रिय गठबन्धनमा सहभागी दलहरुकै सरकार बन्छ

कांग्रेस नेपाल एकीकृत समाजवादी सहितको गठबन्धन छोडेर  नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल  नेकपा एमाले सहितका सात दलको समर्थनमा प्रधानमन्त्री बनेका छन्   नेपाली कांग्रेसले शुरुमा प्रधानमन्त्री नदिएपछि दाहाल एमाले, राष्टय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जसपा, राप्रपा सहितका दलको समर्थनमा  प्रधानमन्त्री बनेका हुन्

केन्द्रिय गठबन्धनमा रहेका ती दलहरुको सुदुश्चिम प्रदेश सभामा बहुमत पुग्छ माओवादीको ११, एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको सात राप्रपाको एक गरि २९ सदस्य नया बनेका केन्द्रिय गठबन्धनसँग सुदुरपश्चिम प्रदेश सभामा ५३ सदस्य रहेकाले सरकार बनाउन २७ सदस्यको समर्थन आवश्यक पर्दछ   

एमालेका प्रदेश सचिव  एवम प्रदेश सभा सदस्य पाठक सुदुरपश्चिममा मात्र नभएर सात वटै प्रदेशमा माओवादी एमाले सहितको गठबन्धनको बहुमत पुगिरहेको बताउँछन्

नेकपा माओबादी केन्द्रका प्रदेश अध्यक्ष हरी चौधरी (उत्सव) ले पनि केन्द्रिय समिकरण अनुसार नै प्रदेश सरकार बन्ने बताउँछन्

नेकपा माओबादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी राप्रपा मिल्दा प्रदेश सरकार बनाउन आवश्यक पर्ने बहुमत पुग्ने उनले बताए भोलि (सोमबार) देखि हामी त्यही परिवेसमा रहेर छलफल गर्ने छौं अध्यक्ष चौधरीले भने, ‘नेतृत्व कसले पाउने भन्ने बारेमा भने अझै केन्द्रको निर्णय कुर्नु पर्ने हुन्छ

केन्द्रिय तहबाट कुन प्रदेशमा कुन दलले नेतृत्व गर्ने भन्ने कुराको टुङ्गो लागेपछि सो विषयमा छलफल हुने उनले बताए

एमालेका प्रदेश सचिव पाठक सबै प्रदेशमा गठबन्धनको बहुमत पुगे पनि कुन प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने बारेमा राजनैतिक तहमा छलफलपछि टुंगो लाग्ने बताउँछन्   

नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी  राजमोले गठबन्धन गरेर प्रदेश सभा प्रतिनिधि सभाको चुनाव लडेका थिए गठबन्धनबाट सुदुरपश्चिम प्रदेश सभामा  १९ सीट जितेर नेपाली कांग्रेस सबै भन्दा ठुलो दल बनेको भने नेकपा माओवादी ११ सीट जितेर दोश्रो ठुलो दल बनेको नेकपा एकीकृत समाजवादीले एक स्वतन्त्र सहित तीन सीट जितेको

 कांग्रेसमाओवादी नेकपा एसको गठबन्धन हुदा माओवादीका सुदुरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले मुख्यमन्त्रीमा आफ्ना् दावी रहेका बताउदै कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेर बहादुर देउवाले आफुलाई प्रधानमन्त्री बनाउने बचन दिएको बताएका थिए कांग्रेस सभापति देउवाले पनि डडेल्धुराको जोगबुडामा आयोजित चुनावमा सभामा सुदुरपश्चिम प्रदेशको अबको मुख्यमन्त्री  खगराज नै रहेको बताएका थिए