धनगढी पोष्ट
सोमबार, ११ पुष २०७९ मा प्रकाशित
धनगढी । बैतडीबाट निर्वाचित प्रतिनिभि सभा सदस्य दामोदर भण्डारीले संघिय मन्त्रीका लागि सपथ खाएका छन् ।
सोमबार भण्डारीलाई एमालले मन्त्रीको जिम्मेवारी दिएर सपथमा पठाएको हो । तर उनलाई कुन मन्त्री दिने भन्ने बारेमा भने टुङ्गो लगाइएको छैन । उनले सोमबार राष्ट्रपति विद्या देवि भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लगिसकेका छन् ।
२०७०, २०७४ र २०७९ मा लगातार संसदीय चुनाव जितेका भण्डारी एमाले सुदूरपश्चिमका अध्यक्ष पनि हुन् ।
विद्यार्थी जिवनबाटै राजनितिमा लागेका भण्डारीको पाटन नगरपालिका ६ मा घर रहेको छ । उनले २०४७ बाट अनेरास्ववियूबाट राजनीतिक जीवन सुरु गरेका हुन् । भण्डारी पटक अर्थराज्य मन्त्री समेत भइसकेका छन् ।