धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

नवजीवन ब्राण्डको चामल बजारमा ल्याउँदैछौं  : बम

नवजीवन ब्राण्डको चामल बजारमा ल्याउँदैछौं  : बम
देव बहादुर बम अध्यक्ष नवजीवन सहकारी संस्था लिमिटेड

एक बर्ष कार्यकाललाई कसरी मुल्याङ्कन गर्नु भएको ?

हामी निर्वाचित भइसकेपछि हाम्रो सवैभन्दा महत्वपुर्ण काम कञ्चनपुरमा रहेको बचत तथा ऋण सहकारी मर्जर प्रक्रिया अघि बढाएका छौं नवजीवनको साधारणसभाबाट त्यसलाई हामीले पारित गरिसकेका छौ अव सहकारी विभागबाट अनुमति लगेर त्यो प्रक्रिया टुङ्ग्याइने

संस्थालाई अघि बढाउन केके गर्नु भयो ?

हामीले कोल्ड स्टोर निर्माणका लागि प्रदेश सरकारबाट करोड बजेटका लागि पहल गरेका छौं अहिले बजारमा तरलता अभाव भइरहेका वेला बैंक तथा लघुवित्तले ब्याज पनि बढाएका छन् त्यसैगरी अघिल्लो कार्यसमितिले जमिन खरिद गरी गोदामका लागि  भवन निर्माण गरेको थियो हामीले त्यसमा राईस मिल स्थापना गरी आफ्नै ब्राण्डको चामल बजारमा ल्याउने तयारी गरेका छौं हामीले शेयर सदस्यको हितका लागि निरन्तर काम गरिरहेका छौं आगामी दिनमा ती सेवा सुबिधालाई निरन्तरता दिइने

हामीले गरेका १६ प्रतिबद्धता मध्य तीनवटा प्रतिबद्धता हामीले पुरा गरिसकेका छौं

शेयर सदस्यको हितमा हुने थप काम केके भए ?

हामीले शेयर सदस्यको हितमा थुप्रै काम गर्दै आएका छौं आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने हामीले शेयर सदस्यको क्रिया खर्च वाफत १० हजार दिने गरेका थियौं तर सो रकम न्युन भयो भन्ने सबैतिरबाट गुनासो आएपछि अहिले त्यसलाई शत प्रतिशत बढाएर २० हजार पु¥याएका छौं गत बर्ष यस संस्थाका ७२ जना शेयर सदस्यको मृत्यु भएको रहेछ, उनीहरुका परिवारले यो सुविधा पाएका छन्

त्यसैगरी बिरामीको हकमा सामान्य प्रकारको बिरामीलाई १० हजार, मध्यम बिरामीलाई २० हजार, जटिल रोगका लागि ३० हजार उपचार खर्च दिने गरेका थियौं अहिले त्यो ३० हजारलाई पनि बढाएर ३५ हजार बनाएका छौं

त्यसैगरी कुनै शेयर सदस्यको अंङ्ग प्रत्यारोपण गर्नुपरेमा त्यस्ता शेयर सदस्यलाई एक लाख रकम संस्थाले उपलब्ध गराउने गरेको यो बर्ष मात्रै जना शेयर सदस्यले त्यस्तो सेवा पाएका छन् यी सेवा शेयर सदस्यले जीवनकालमा एक पटक मात्रै पाउने गर्दछन्

शेयर सदस्यको स्वास्थ्य रक्षा गर्नु हाम्रो पनि कर्तव्य हो त्यही मर्मलाई आत्मसाथ गर्दै हामीले उपचार खर्च दिने गरेका हौं

नवजीवनका महिला शेयर सदस्यका लागि मातृत्व कार्यक्रम ल्याएका छौं यसअघि एक पटक मात्रै मातृत्व सेवा दिने गरेकोमा यस पटकदेखि एक जना महिलालाई दुई पटक मातृत्व सेवा दिने गरेका छौं

त्यसकारण शेयर सदस्यले बर्षमा एक पटक आउने हाजिर मात्रै लगाएर सय लगेर जाने भन्ने अवस्था छैन हामीले शेयर सदस्यको अपनत्व हुनेगरी सवै शेयर सदस्यलाई सेवा प्रदान गरेका छौं जन्मदेखि मृत्युसम्म नवजीवन भन्ने अनुभति हुनेगरी हामीले शेयर सदस्यको हितमा काम गर्ने गरेका छौं

नवजीवन सहकारीका शेयर सदस्य मात्र नभई उनीहरुका सन्ततीहरुका लागि पनि हामीले सेवा दिने गरेका छौं एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने तीन जना विद्यार्थीलाई चाँदीको मेडल सहित नगद पुरस्कार दिने व्यवस्था हाम्रो साधारणसभाबाट पारित भएको

त्यसैगरी सहकारीबाट ऋण लगेर निण्मित व्याज बुझाउने, समयमै ऋण तिर्ने, साधारणसभामा नियमित उपस्थित हुने शेयर सदस्यलाई पनि पुरस्कृत गर्ने योजना ल्याएका छौं

तपाईले तीन वटा प्रतिबद्धता पुरा भए भन्नुभयो, ती कुन कुन हुन् ?

हामीले प्रतिबद्धता गरेका मध्य कृषि तर्फ धाम खरिद गर्ने बिक्री गर्ने कामलाई प्लान्ट बनाएर आफ्नै ब्राण्डको चामल ल्याउने योजना साधारण सभाबाट पारित भइसकेको अब त्यो काम छिट्टै पुरा हुन्छ

नवजीवज सुदूरपश्चिमको मात्रै नभई देशकै उत्कृष्ट सहकारी हो अब यसले अरु सहकारीलाई पनि संरक्षण गर्नुपर्छ भन्ने उदेश्यले हामीले मर्जर नीति अपनाएका छौं त्यस अनुसार कञ्चनपुर स्थित सुदुरपश्चिम बचत तथा ऋण सहकारीलाई आफुमा गाभ्दैछौं त्यो प्रक्रिया अन्तिम चरणमा पुगेको त्यसका लागि कञ्चनपुरमा रहेको सहकारीले साधारण सभाबाट एकिकरणमा जाने निर्णय गरिसकेको थियो    नवजीवनको साधारण सभाले पनि  पारित गरिसकेको प्रक्रिया पछि दुई वटै सहकारी संस्थाका पदाधिकारी सम्मिलित समिति बनाई कार्यविधि निर्माण गरिएको सो कार्यविधिले सवै काम गरिसकेको

अव सहकारी विभागबाट स्वीकृति आउने हामीले त्यो सहकारीसंग एकिकरण भन गरेका हैनौं सो सहकारी संस्था नवजीवनमा विलय गराउने प्रक्रियामा अघि बढाएका छौं

क्षेत्र विस्तारको कार्यक्रम के   ?

यो बर्षको साधारण सभाबाट थप ११ स्थानमा शाखा विस्तार गर्ने निर्णय गरिएको यसलाई सहकारी विभागले स्वीकृत गर्नुपर्ने हुन्छ सहकारी विभागबाट स्वीकृत भएपछि हामी क्रमिक रुपमा त्यसलाई अघि बढाइने

तीन बर्ष अघिसम्म नवजीवनका वटा मात्रै शाखा रहेकोमा अघिल्लो साधारण सभाले १० वटा सेवा केन्द्र बनाएको थियो आगामी बर्ष त्यसलाई बढाएर २१ वटा क्षेत्रबाट सेवा दिने योजना बनाएका छौं

कहा कहाँ हुन्छन थप सेवा केन्द्र स्थापना ?

चुरेको सहजपुर, कञ्चनपुरको महेन्द्रनगरमा दुई वटा, कैलालीको बौनियामा, कञ्चनपुरको झलारी, बेलौरी, कैलालीको लम्की, बर्दियाको राजापुर सोनाश्री बजारमा नयाँ सेवा केन्द्र स्थापना गरिनेछन् त्यसैगरी नेपाल सरकाबाट स्वीकृति पाईसकेको काठमाण्डौंमा पनि अवलोकन गरी त्यहाँ कति शेयर सदस्य रहेका छन् भन्ने निक्र्याैल गरी काण्ठमाण्डौंको बानेश्वरमा पनि सेवा केन्द्र स्थापना गर्नेछौं

साधारण सभाबाट संरिक्षत पूजि फिर्ता गर्ने निर्णय भएको , यो कस्तो योजना हो कसका लागि ?

नवजीवजमा रहेका ३० हजार सय ४४ जना शेयर सदस्य मध्य जसले नवजीवनमा पैसा जम्मा गरेका छन् ऋण लगेका छन्उनीहरुलाई सहकारीसँग कारोवार गरेर योगदान पुरयाएको पुरस्कार स्वरुप संक्षित पुजी फिर्ता गरिने हो यसका लागि साधारण सभाले करोड लाख रुपैया छुट्याइसकेको  

नवजीवनले कमाएको पैसा मध्य २५ प्रतिशत जगेडा कोषमा प्रतिशत कर्मचारी कोष तथा अन्य विभिन्न कोषमा विभाजन गरिसकेपछि बचेको पैसा लाई ६० ४० का आधारमा ऋण लग्ने बचत गर्ने सदस्यलाई प्रदान गरिने जसले ऋण लगेको उसले संरक्षित पूजिको ४० प्रतिशतसम्म पाउँछ भने बचत गर्नेले ६० प्रतिशत पाउने यसका लागि सहकारी विभागले पनि अनुमति दियसकेको

नवजीवनको आफ्नै ब्राण्डको चामल बजारमा ल्याउने प्रक्रिया कहाँ पुग्यो ?

यस अघिको नेतृत्वले जमिन किनेको थियो सो जमिनमा तारवार लगाएर घेराबन्दी गर्ने काम भइसकेको गोदाम निर्माणमा ६० लाख नवजीवन सहकारीले लगाएको , भने ४० लाख रुपैंया नेपाल सरकारले उपलब्ध गराएको अनुदानको रकम लगाएका छौं

हामीले अघिल्लो बर्षदेखि धान खरिद गर्न सुरु गरेका थियौं अघिल्लो बर्ष धान किन्ने बिक्री गर्ने काम मात्रै ¥यौं अहिले हामीले किनेको धानलाई प्लान्टेसन गरेर आफ्नै ब्राण्डको चामल बजारमा ल्याउने भनेर लागेका छौं त्यसका प्लान्ट निर्माण गर्दै छौं त्यसका mागि करोढ लाख बजेट पनि छुट्याइएको धान खरिद चामल बनाउन हामीले कमिटी बनाएका छौं सोही कमिटिले धान पिसानी गर्ने काम गर्ने

यस बर्ष नवजीवन ब्राण्को चामल मात्रै निकाल्ने छौं तर अर्को बर्ष पिठो, तोरीको तेल मसुरोका दाल पनि नवजीवनले बजारमा ल्याउने गरी तयारी गरेका छौं आगामी बर्षदेखि नवजीवन ब्राण्डका वटा उत्पादन बजारमा ल्याउने हाम्रो योजना रहेको

ती उत्पादन नवजीवनका सेवा केन्द्रमा सुपथ मुल्य पसल सञ्चालन गरी सय ६५ दिन नै हामी हाम्रा शेयर सदस्य सर्वसाधारणलाई सेवा दिने व्यवस्था गर्न लागेका छौं