धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024
अन्यौलमा सुदूरपश्चिम प्रदेश सरकार निर्माण प्रक्रिया

मुख्यमन्त्रीका लागि केन्द्रिय भागबण्डा पर्खर्दै दलहरु

मुख्यमन्त्रीका लागि केन्द्रिय भागबण्डा पर्खर्दै दलहरु

धनगढी सुदूरपश्चिम प्रदेशमा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यको सपथ भइसकेको   प्रदेश प्रमुख देवराज जोशीले आज -सोमबार_का लागि प्रदेश सभाको बैठक आह्वान समेत गरिसकेका छन्

तर सुदूरपश्चिममा कस्को नेतृत्वका सरकार बन्ने भन्ने टुङ्गो अझै लाग्न सकेको छैन केन्द्रमा रहेको सत्ता साझेदार दलहरुबीच प्रदेश नेतृत्वको भागबण्डा नमिलेका कारण सुदूरपश्चिममा अझै कसले नेतृत्व गर्ने भन्ने टुङ्गो नलागेको प्रदेश सभा सदस्य तथा नेकपा एमालेका प्रदेश सचिव धर्मराज पाठकले बताए

केन्द्रमा सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुले कुन प्रदेशमा कस्ले नेतृत्व गर्ने भन्ने टुङ्गो लाग्न सकेको छैन, उनले भने, ‘केन्द्रमा सहमति हुन अझै एक साता सम्म लाग्न सक्दछ

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वाका लागि नेकपा माओबादी केन्द्र, नेकपा एमाले नागरिक उन्मुक्ति पार्टीले दावी गरिरहेको उनले बताए केन्द्रमा तीन वटै पार्टीको नेतृत्वमा दावी रहेको प्रदेश सभा सदस्य पाठकले भने, ‘त्यसका लागि छलफल भइरहेको , केन्द्रले नेतृत्व टुङ्ग्याएपछि मुख्यमन्त्रीको टुगो लाग्नेछ

हाल संघीय सरकालाई समर्थन गरेका  नेकपा माओबादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी राप्रपाका सुदुरपश्चिम प्रदेश सभामा सदस्य रहेका छन्   नेकपा माओबादी केन्द्रसंग ११, नेकपा एमाले संग १०, नागरिक उन्मुक्ति पार्टीसंग राप्रपा संग एक जना प्रदेश सभा सदस्य रहेका छन्

केन्द्रिय सत्ता समीकरण अनुसार सुदूरपश्चिम प्रदेशमा सरकार निर्माण गर्न नागरिक उन्मुक्ति पार्टी निर्णायक मानिएको संघीय सरकारलाई सरकार बाहिरबाट समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्री आफुले पाउनु पर्ने दावी गरेको टीकापुर घटनामा संलग्न रहेको  आरोपमा जेल चलान गरिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशक चौधरी लगायत नेता कार्यकर्ताको रिहाई संगै प्रदेश सरकारमा हाम्रो नेतृत्व हुनुपर्ने हाम्रो अडान रहेको नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीले भने, ती माग पुरा नभई नागरिक उन्मुक्ति प्रदेश सरकार निर्माण प्रक्रियामा सहभागि समेत हुने छैन