धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

आधारभुत तहमा बैतडी अस्पताल देशकै दोश्रो स्थानमा

आधारभुत तहमा बैतडी अस्पताल देशकै दोश्रो स्थानमा

बैतडी जिल्ला अस्पताल बैतडी आधरभुत सेवाका आधारमा देशकै दोश्रो स्थानमा पर्न सफल भएको न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल देशभरीका उत्कृष्ट अस्पतालको दोश्रो स्थानमा रहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले जानकारी दिए

न्यूनतम सेवा मापदण्डमा ८९ प्रतिशत अंक सहित जिल्ला अस्पताल बैतडीमा दोश्रो स्थानमा रहेको डा. श्रेष्ठले बताए दमौली अस्पताल पहिलो स्थानमा रहेको यस्तै जिल्ला अस्पताल अछाम ८७ प्रतिशत अंक सहित तेश्रो बझाङ ८४ प्रतिशत अंक सहित चौथो स्थानमा रहेको

यसअघि सुदूरपश्चिममा बैतडी प्रथम स्थानमा रहेको थियो स्वास्थ्य मन्त्रालय निक साइमन इन्ष्च्यिुटले गरेको मूल्यांकनमा बैतडी अस्पताल उत्कृष्ट हुँदै दोश्रो स्थानमा पर्न सफल भएको हो विभिन्न मापदण्ड सूचकका आधारमा अस्पतालहरुलाई अंक दिइने गरिएको अस्पतालले प्रदान गर्ने सेवा, अस्पताल भित्रका सेवा सुविधा, भौतिक व्यवस्थापन लगायतका कार्यहरु हेरेर न्यूनतम सेवा मापदण्डको अनुगमन गर्ने गरिएको डा. श्रेष्ठले बताए

न्यूनतम सेवा मापदण्डमा  जिल्ला अस्पताल देशभरीकै उत्कृष्ट हुँदा आफूलाई निकै खुसी लागेको अझै पनि अस्पतालको सेवालाई प्रभावकारी बनाउने तर्फ ध्यान जाने डा.श्रेष्ठले बताए

नयाँ भवनबाट सेवा दिइरहेको जिल्ला अस्पतालमा अहिले जना बिशेषज्ञ सहित जना चिकित्सक कार्यरत रहेका छन् हाडजोर्नी सम्बन्धि अप्रेशन सहित उपचार सेवा सञ्चालनमा रहेको डा. श्रेष्ठले बताए

यस्तै एमडीजीपी एनस्थियोलोष्टि समेत अस्पतालमा कार्यरत रहेका छन् जिल्ला अस्पताल देशभरीकै दोश्रो स्थानमा आउनु जिल्लाबासीका लागि निकै राम्रो पक्ष भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताइन्