धनगढी पोष्ट
बुधबार, २० पुष २०७९ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता छान्न नेपाली कांग्रसले निर्वाचन गर्ने भएको छ ।
१९ मध्य ७ जना प्रदेश सभा सदस्यले संसदीय दलको नेतामा दावी गरेपछि कांग्रेसले सुदूरपश्चिम संसदीय दलको नेता छनौट गर्न आज निर्वाचन गर्ने भएको छ ।
कांग्रेसले आज दिउसो एक बजे निर्वाचनको प्रक्रियामा जाने निर्णय गरेको छ ।
नेपाली कांग्रेसमा संसदीय दलको नेता बन्न प्रदेश सभा सदस्य बहादुर सिंह थापा, दिवान सिंह विष्ट, कमल बहादुर शाह, प्रकाश बहादुर देउवा र मेघराज खड्का शिवराज भट्ट र मान बहादुर रावले दावि गरेका छन् । प्रदेश सभा सदस्य प्रकाश बहादुर देउवालाई संसदीय दलको तेना छान्ने करिव सहमति भइरहेको भएपनि निवार्चन प्रक्रिया अघि बढाइन लागेको कांग्रे नेताको भनाई छ ।
निर्वाचनका लागि नेपाली कांग्रेस प्रदेश समितिले पाँच सदस्यीय निर्वाचन कमिटि गठन गरेको छ । नेपाली कांग्रेस प्रदेश समितिका उप–सभापति लोकराज अवस्थीको संयोजकत्वमा बनेको निर्वाचन कमिटिमा प्रदेश उपसभापति जनकराज चौधरी, महामन्त्री नरनारायण शाह (मनु) तथा काँग्रेस प्रदेश सदस्यहरु सुरत रावत (डोटेली कान्छा) र रामबहादुर देउवा सदस्य छन् ।
सुदूरपश्चिम प्रदेश सभामा १९ सदस्य सहित नेपाली कांग्रेस सवै भन्दा ठुलो दलहो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने बाँकी ५ दलले भने सहमतिका आधारमा संसदीय दलको नेता छनौट गरि सकेका छन् ।