धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

माघ ८ देखि कालिका धार्मिक ज्ञान महायज्ञ लाग्ने

माघ ८ देखि कालिका धार्मिक ज्ञान महायज्ञ लाग्ने

धनगढी धनगढी उपमहानगरपालिका मनेहरामा महायज्ञ लाग्ने भएको कालिका मन्दिर शिअ उशु क्वानका भौतिक संरचना निर्माण धार्मिका माध्यामबाट सकारात्मक ज्ञान प्रवाह गर्न शिअ उशु क्वान कालिका मन्दिरको संयुक्त आयोजनामा माघ देखि १४ गते सम्म महायज्ञ सञ्चालन गरिने आयोजकले जनाएको

महायज्ञमा धार्मिक अभियन्ता तथा संकल्पकर्ता अच्युतशरण महाराज प्रमुख बाचक हुनेछन् मनेहरामा रहेका कालिका मन्दिर व्यवस्थापन समिति खेल संस्था शिअ उसु क्यानको संयुक्त आयोजनामा महायज्ञ हुने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो

महायज्ञ मुल आयोजक समितिलेश्री कालिका शिअ उसु धार्मिक ज्ञान महायज्ञ२०७९ नाम दिएको महायज्ञ मुल आयोजक समितिका संयोजक खगेन्द्र अधिकारीका अनुसार कालिका मन्दिरको सार्वाङ्गिण विकास गर्ने, शिव भगवानको मुर्ति स्थापना गरी समाजमा हुने विभिन्न धार्मिक एवं सामाजिक कार्यका लागि सामुदायिक तथा भवन निर्माण गर्ने उदेश्य रहेको

यस्तैगरी धर्मप्रतिको जनआस्थालाई जीवन्त तुल्याई राख्नका लागि महायज्ञ आयोजना गर्न लागेको संयोजक अधिकारीले बताएका छन् समाजमा रहेका जातीय, धार्मिक, सांस्कृतिक भेदभावको अन्त्य गर्न सभ्य, सुसंस्कृत समाजको निर्माण गर्न महायज्ञ आयोजा गर्ने उदेश्य रहेको आयोजकले जानकारी दिएको

यस्तै, उसुका प्रशिक्षक रतन खातीका अनुसार खेलकुद प्रतिको जनआस्थालाई जीवन्त तुलाई राख्न, उसु प्रशिक्षण हल तथा व्यापारिक भवन निर्माण गर्न, अनुशासित एवं सभ्य संस्कारी देशभक्त असल नागरिक उत्पादन गर्ने उदेश्यका साथ महायज्ञ हुन लागेको हो

खेल सामग्रीको व्यवस्थापन खेलप्रतिको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपाल राष्ट्रिय पनि चिनाउन सकिन्छ भन्ने कुराको आत्मबोध गराउने उदेश्य रहेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको हो

महायज्ञ सफल पार्नका लागि विभिन्न समिति उपसमिति पनि गठन गरिएको महायज्ञमा १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको महायज्ञमा झण्डै १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको खातीले भने, ‘त्यसका लागि विभिन्न सहयोगीतादाताहरुबाट नै रकम संकलन हुनेछ महायज्ञ सुरु हने दिन माघ गते धनगढी क्याम्पस चोकबाट मन्दिर सम्म कलश यात्रा हुने