धनगढी पोष्ट
आइतबार, २४ पुष २०७९ मा प्रकाशित
धनगढी । धनगढी लेडिज जेसिजले बर्ष २०२३का लागि चयन भएको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको छ ।
शनिबार धनगढी लेडिज जेसिज २०२२ की अध्यक्ष सरस्वती कुमारी खड्का भट्टले बर्ष २०२३ का लागि निर्वाचित अध्यक्ष शरिता खडायतलाई पद हस्तान्तरण गरेकिहुन् । उनले जेसिजको चेन खडकालाई लगाएर पद हस्नान्तरण गरेकिहुन् ।
शुत्रबार धनगढी लेडिज जेसिजको भेलाले अध्यक्षमा सरिता खडायतलाई अध्यक्षमा चयन गरेको थियो भने, खडायतले कानूनी सल्लाहकारमा शुशीला निरौला, महासचिवमा निर्मला भट्ट र कोषमा जयन्ती पाण्डेलाई मनोनयन गरेकिहुन् ।
यस्तै भेलाले उपाध्यमा कञ्चन कडायत, स्मृति झा र सोभा गुरुङ भट्टलाई चयन गरेको छ ।
पद हस्तान्तरण गर्दै बर्ष २०२२ की अध्यक्ष सरस्वति कुमारी खड्का भट्टले राम्रो काम गर्दा गर्दै पनि आफुहरुलाई असफल बनाउने प्रयास भएको भन्दै गुनासो गरिन् ।
उनले विधिान सम्मन बनेको कमिटिलाई वैधानिकता दिन प्रशासनले पनि नमानेको भन्दै आक्रोस समेत व्यक्त गरिन् ।
कार्यक्रममा पुर्व वन मन्त्री तथा नेकपा एमालेका कैलाली संयोजक नारदमुनि राना प्रमुख अतिथी रहेका थिए भने, सुदूरपशिचम प्राज्ञ प्रतिष्ठानका उप कुलपति टीएन जोशी, ओम सान्तिकी प्रदेश प्रमुख हिरा वेवि, धनगढी उप महानगरपालिकाकी उप प्रमुख कन्दकला राना लगायत अतिथी रहेका थिए ।
पद हस्तान्तरण कार्यक्रममा धनगढी लेडिज जेसिजले जेशिजमा आबद्ध महिलालाई विभिन्न विधामा सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।