धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

चिसोले तराईको जनजीवन कष्टकर

चिसोले तराईको जनजीवन कष्टकर

धनगढी एक साता भन्दा बढी समय देखि सुरु भएको हुस्सुका कारण तराईको जनजीवन कष्टकर बनेको

चिसो बढेपछि अधिकांस विद्यालय बन्द गरिएका छन् कञ्चनपुर कैलालीका कतिपय पालिकालेनै विद्यालय बन्द गर्ने निर्णय गरेका छन् स्थानीय तहले चासोबाट बच्न कम्वल तथा दाउरा समेत वितरण गरिरहेका छन्

लगातारको चिसोका कारण अस्पतालमा विरामी बढेका छन् स्वास्थ्य कर्मीका अनुसार पछिल्लो समय दम, निमोनिया, मधुमेह, उच्च रत्तचाप जस्ता स्वास्थ्य समस्या भएका विरामीको संख्या अस्पतालमा बढ्को चिसो बढेपछि अस्पताल भर्ना हुने विरामीको संख्या ह्वात्तै बढेको , सेति प्रादेशिक अस्पतालका वरिष्ट जनरल फिजिसियन डाक्टर शेरबहादुर कमरले भने, ‘दम, निमोनिया जस्ता दिर्घ रोग भएका विरामी लाई चिसोले समस्या भएको

उनले दिर्घ रोग, खास गरी दम निमोनिया, मधुमेह उच्च रत्तचाप भएका नागरिलाई चिसोमा सावधानी अपनाउन आग्रह गरेका छन् हुस्सु सितलहरले सामान्य मानिसको फोक्सोमा पनि संक्रमण हुन सक्ने भन्दै उनले अत्यावश्यक काम बाहेक कोठा बाहिर ननिस्कन सुझाव दिएका छन