धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

लखनउ बस दुर्घटना घाइते भएका दुई नेपालीको मृत्यु

लखनउ बस दुर्घटना घाइते भएका दुई नेपालीको मृत्यु

धनगढी । भारतको उत्तर प्रदेश स्थित लखनउमा भएको बस दुर्घटनामा  परी घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३५ बर्षिय दिपक सुनार र टिकापुर नगरपालिका–१ का ३५ बर्षिय हरी साउँद रहेका छन् ।
बस दुर्घटना हुदा घटना स्थलमै तीन जना नेपालीको मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते भएका दुई नेपालीको समेत मृत्यु हुँदा लखनउ बस दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या ५ पुगेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनामा घाइते कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३५ वर्षीय दिपक सुनार र टीकापुरका ३५ वर्षीय हरि साउदको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीका अनुसार दुर्घटनामा पाँच नेपाली र एक जना भारतीय नागरिक (बस चालक) सहित ६ जनाको मृत्यु भएको छ ।
सोमबार बिहान भएको बस दुर्घटनामा परी कैलालीको टीकापुर नगरपालिका–१ का ५५ वर्षका चन्द्र साउँद, सोही ठाउँका ४५ वर्षका ललित साउँद र सोही ठाउँकै २० वर्षकी निर्मला बोहराको मृत्यु भएको थियो । 
दुर्घटनामा परी घाइते भएका  अन्य पाँच जनाको अवस्था भने सामान्य रहेको प्रशासनले जनाएको छ । भारतको गुजरातबाट आइतबार नेपालको टीकापुरतर्फ आईरहेको आरजे २७ पिए ५७०३ नम्बरको बस लखनउ नजिकै दुर्घटना भएको थियो । सो बससँग मिनी ट्रक ठोक्किएको प्रहरीले जानाएको छ । 
बस चालकले मदिरा सेवन गरी सवारी चलाउँदा दुर्घटना भएको भारतीय प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
बसमा ६६ जना यात्रु सवार थिए । भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरु मात्रै ओहोरदोहोर गर्न मिल्ने गरी बस सेवा सञ्चालनमा छन ।