धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सुदूरपश्चिमको मुख्यमन्त्रीकालागि एमालेका रावलले आज दाबी पेश गर्दै

सुदूरपश्चिमको मुख्यमन्त्रीकालागि एमालेका रावलले आज दाबी पेश गर्दै

धनगढी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमालेका राजेन्द्रसिंह रावलले आज दाबी पेस गर्ने तयारी गरेका छन्

प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिमको मुख्यमन्त्रीकालागि दाबी पेस गर्न आज बजेसम्मको समय सीमा दिए अनुसार रावलले दाबी पेस गर्ने भएका हुन् सुदूरपश्चिम प्रदेशको दोस्रो मुख्यमन्त्रीका लागि रावलले आज प्रदेश प्रमुख देवराज जोशी समक्ष दाबी पेस गर्नेछन्

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव एवम् प्रदेश सभा सदस्य धर्मराज पाठकले केन्द्रका दलहरूबिच भएको सहमति अनुसार उनेले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न लागेको बताए दिउँसो ÷ बजेतिर उहाँको दाबी पेस हुने जानकारी दिए उनले एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चिार्ज लेखराज भट्टसहितको सहभागितामा प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने भएका हुन्

माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई लेखराज भट्टले मुख्यमन्त्री बनाएको दाबी गरिएका बेला एमाले संसदीय दलका नेता रावलले पनि लेखराजलाई साक्षी राखेर मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका हुन्

केन्द्रमा सत्ता साझेदार दलका शीर्ष नेताबिच भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेशमा एमाले नेकपा माओवादी केन्द्रले आलोपालो गरेर सरकार चलाउने छन् अढाई वर्ष एमालेका रावल अढाई वर्ष माओवादी केन्द्रका खगराज भट्ट मुख्यमन्त्री बन्ने सहमति

सुदूरपश्चिममा ५३ जना प्रदेश सभा सदस्य रहेकोमा सरकार गठनका लागि २७ जनाको समर्थन आवश्यक हुन्छ प्रदेशमा काँग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका , एकीकृत समाजवादीका तथा राप्रपा एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्