धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्न नागरिक उन्मुक्तिले माग्यो लिखित सहमति

सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्न नागरिक उन्मुक्तिले माग्यो लिखित सहमति

धनगढी ।  सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा समर्थनका लागि नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी सहतिका नेता कार्यकर्ता रिहाई गर्नुपर्ने लिखित सहमति माग गरेको

शत्ता साझेदार दल नेकपा माओबादी केन्द्र नेकपा एमालेका अध्यक्ष सामु रेशम चौधरी लगायत टिकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका नेता कार्यकर्ता रिहाई गर्ने लिखित प्रतिबद्धता मागेको नागरिक उन्मुक्ति पार्टीले जनाएको

सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि हामी निर्णायक शक्ति बनेका छौं, नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले भने, ‘सरकारमा समर्थनका लागि टिकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका पार्टीका संरक्षक रेशम चौधरी लगायत नेता कार्यकर्ताको रिहाई गर्ने लिखित सम्झौता आए मात्रै शत्तारुढ गठबन्धनलाई हामी समर्थन गर्नेछौं, अन्यथा कांग्रेस संग मिलेर पनि सरकार बनाउन सकिन्छ

लिखित सम्झौताका लागि रेशम चौधरीलेनै प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई फोन गरेको प्रमुख सचेतक चौधरीले बताए

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका आज बजे सम्म दावि पेश गरिसक्नु पर्ने शत्ता गठबन्धनलाई सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी विना सरकार बनाउन सहज छैन त्यसैले पनि नागरिक उन्मुक्ति पार्टीले अडान राखेको बुझिएको

सुदूरपश्चिम प्रदेशको नेतृत्वका लागि पहिलो चरणमा नेकपा एमालले दावि पेश गर्ने शत्तारुढ दल विच सहमति भएको थियो त्यस अनुसार नागरिक उन्मुक्ति पार्टीको समर्थन पएमा नेकपा एमालेबाट सुदूरपश्चिम संसदिय दलका नेता राजेन्द्र रावलले आजै प्रदेश प्रमुख समक्ष दावि पेश गर्ने छन्

नेकपा एमालेका प्रदेश कमिटि सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले भने नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकार निर्माणमा सहयोग गर्नेमा आफुहरु आसाबादी रहेको बताएका छन् मुख्यमन्मीका लागि हाम्रो दलबाट संसदीय दलका नेता राजेन्द्र रावलले दावि पेश गर्ने निश्चित , उनले भने, ‘उहाँलाई नागरिक उन्मुक्ति पार्टीले पनि सघाउने

सुदूरपश्चिम प्रदेशमा शत्तारुढ गठबन्धनमा आबद्ध रहेका सवै दलले समर्थन दिए मात्रै मुख्यमन्त्रीमा दावि पेश गर्न आवश्यक पर्ने बहुमत पुग्ने

नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेको अवस्थमा नेकपा माओबादी केन्द्र, नेकपा एमाले राप्रपा संग २२ जना प्रदेश सभा सदस्य मात्रै रहेको छन् प्रदेशमा बहुमत जुटाउन २७ जना प्रदेश सभा सदस्य आवश्यक पर्ने छन्

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार गठनका लागि २७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने प्रदेशमा काँग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका , एकीकृत समाजवादीका तथा राप्रपा एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्