धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सुदूरपश्चिम प्रदेश सभा बैठ आज ६ बजे बोलाइयो, सभामुखको निर्वाचन गर्ने कार्य तालिका

सुदूरपश्चिम प्रदेश सभा बैठ आज ६ बजे बोलाइयो, सभामुखको निर्वाचन गर्ने कार्य तालिका

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज साँझ ६ बजेका लागि आह्वान गरिएको छ ।

आज साँझ ६ बजे बोलाइएको बैठकमा सभामुखको निर्वाचन गर्ने कार्य तालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सुदूरपश्चिममा सभामुखका लागि नेपाली कांग्रेसका मानबहादुर रावल र नेकपा माओबादी केन्द्रका भीम भण्डारी उम्मेदवार रहेका छन् । सुदूरपश्चिममा सभामुख चयनका लागि बिहीबार पनि निर्वाचन गरिएको थियो । तर निर्वाचनमा दुई वटै उम्मेदवारले बहुमत जुटाउन सकेका थिएनन् ।

बिहीबार मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए, भने भीम भण्डारीले २७ मत प्राप्त गरेपनि एक मतबदर भएको थियो ।

सभामुखको निर्वाचन कार्यतालिका सहित शुक्रबार ११ बजेका लागि पनि बैठक आह्वान गरिएको थियो । तर प्रदेश सभाको अध्यक्षता गरिरहेका जेष्ठ प्रदेश सभा सदस्य शिवराज भट्टले कानूनी परामर्श लग्नु पर्ने भन्दै शुक्रबार बोलाइएका बैठक स्थिगित गरेका थिए । उनले शुक्रबारबार दोश्रो पटकका लागि पनि बैठक आह्वान गरेनन् ।

जेष्ठ सदस्यले बैठक स्थिगित गरेपछि शत्तारुढ गठबन्धनमा आबद्ध दलहरुले २९ प्रदेश सभा सदस्यको हस्ताक्षर सहति शुक्रबार साझ बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई आग्रह गरेका थिए । शत्तारुढ दलको दवाव पछि आज (शनिबार) बिहान बसेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठक पछि साझ ६ बजेका लागि बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए ।

संवैधानिक व्यवस्था अनुसार सुदूरपश्चिममा माघ दुई गते सम्म सभामुख चयन भइसक्नुपर्ने छ । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन भित्रै सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार माघ २ गते प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन पुरा हुने छ । माघ दुई गते भित्र सभामुख चयन नभएको अवस्थामा संवैधानिक जटिलता तर्फ प्रदेश सभा धकेलिने छ ।