धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सुदूरपश्चिम प्रदेश सभाले आज सभामुख पाउँदै, नागरिक उन्मुक्तिले गठबन्धनलाई सघाउने

सुदूरपश्चिम प्रदेश सभाले आज सभामुख पाउँदै, नागरिक उन्मुक्तिले गठबन्धनलाई सघाउने

धनगढी । सुदूरपश्चिम प्रदेश सभाले आज सभामुख पाउने भएको छ । सभामुख चयनका लागि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले शत्तारुढ गठबन्धनलाई सधाउने निर्णय गरेसंगै प्रदेश सभाको अहिले १० बजे बस्ने बैठकबाट सभामुख चयन हुने भएको हो ।
सुदूरपश्चिम प्रदेश सभामा सभामुखका लागि शत्तारुढ गठबन्धनबाट प्रदश सभा सदस्य भीम भण्डारी उम्मेदवार रहेका छन् । नागरिक उन्मुक्तिको समर्थन पाउँदा शत्तारुढ गठबन्धन संग २९ सदस्य पुग्ने छन् । जुन संख्या प्रदेश सभामा सभामुख चयनका लागि बहुमत संख्या हो । 
पुस ३० गते बसेको प्रदेश सभा बैठकमा नागरिक उन्मुक्ति पार्टी तठस्त बस्दा सभमुख चयन हुन सकेको थिएन । 
सोमबार धनगढी पुगेकी नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले सभामुख चयनमा गठबन्धनका उम्मेदवारलाई सघाउन निर्देशन दिएकि थिइन् ।
उनले सभामुखमा समर्थन गरे पनि प्रदेशसभा सदस्यहरूलाई प्रतिपक्षमा बस्न निर्देशन दिएकी छन् । तर, सुदूरपश्चिम प्रदेशसभामा भने सो दलका सदस्यहरू सत्तापक्षमै बसेका छन् । प्रदेशमा नागरिकले निर्णय लिन नसक्दा सुदूरपश्चिम प्रदेशले सभामुख पाउन सकेको छैन। माओवादी केन्द्रबाट भीम भण्डारी र नेपाली कांग्रेसबाट मनाबहादुर रावल सभामुखका उम्मेदवार छन् ।
दुईपटकसम्म भएको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत पाउन सकेका छैनन् । बहुमत पाउन कम्तीमा २७ सांसद आवश्यक पर्छ । दुवैको बहुमत नपुगेपछि शनिबार पनि सभामुख चयन हुन सकेको थिएन । ५३ जना प्रदेशसभा सदस्य रहेको यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादी ४, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् ।