धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सुदूरपशिचममा उप सभामुखको चुनाव हुँदै

सुदूरपशिचममा उप सभामुखको चुनाव हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेशको उपसभामुखको निर्वाचन पनि आजै हुने भएको छ ।
आज बिहान सभामुख चयन गरेको प्रदेश सभाले आजै वेलुका उप सभामुख चयन गर्ने कार्यतालिका प्रदेश सभामा टाँसिएको छ । सभामुख भीमबहादुर भण्डारीको निर्देशन बमोजिम प्रदेश सभा सचिवालयले उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । सो तालिका अनुसार साढे २ बजेदेखि ४ बजेसम्म उपसभामुख पदमा निर्वाचित गरियोस भनी प्रस्ताव पेश गर्नुपर्ने, ४ बजेदेखि ४ ः१० सम्म दर्ता भएको प्रस्ताव बमोजिम नामावली प्रकाशन गर्ने, ४ः१० देखि साढे ४ बजेसम्म दर्ता भएको प्रस्तावको नामावलीमाथि दाबी विरोध, साढे ४ देखि ५ बजेसम्म आफनो उम्मेदवारी फिर्ता लिने, ५ः१५ सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ । सभामुखको निर्वाचन अपरान्ह ६ बजे हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेशमा उपसभामुखको लागि सत्ता गठबन्धनबाट एमालेकी कोइलीदेवी चौधरी र कांग्रेस – नेकपा एकीकृत समाजवादी गठबन्धनबाट नेकपा एसकी माया पन्तले उम्मेदवारी पेश गरेका छन् । सत्तारुढ दलबाट यस प्रदेशमा उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीलाई प्रस्ताव गरिएको थियो । उपसभामुख उन्मुक्तिले स्वीकार नगरेपछि एमाले आफनो उम्मेदवार अघि बढाएको हो ।