धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
कैलालीमा ३० हजार क्वीन्टल धान खरिद

४० हजार क्वीन्टल खरिद गर्ने लक्ष्य, गोदाम भरिएपछि खरिद रोकियो

४० हजार क्वीन्टल खरिद गर्ने लक्ष्य, गोदाम भरिएपछि खरिद रोकियो

धनगढी सरकारले कैलालीबाट हाल सम्म ३० हजार क्वीन्टल धान खरिद गरेको कैलालीका लागि ४० हजार क्वीन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको भएपनि धान खरिद गर्ने अनुमति पाएको खाद्य व्यवस्था कम्पनिले बिहीबार सम्म ३० हजार क्वीन्टल धान मात्र खरिद भएको जनाएको

कैलालीको मोहनपुर, टिकापुर भजनीबाट धान खरिद सुरु गरिएको भएपनि सोचे अनुसारको धान भने नआएको खाद्य व्यापार कम्पनिका कर्मचारीको भनाई

यस पटक एक दुई सातामै कोटाको धान आउँछ होला भन्ने अनुमान गरिएको थियो, धनगढी स्थित मोहनपुर धान खरिद केन्द्रका कर्मचारीले भने–‘तर सोचेभन्दा धेरै कम मात्रै धान आएको , यसको कारण केहो बुझ्न सकिएको छैन

विगतका बर्षहरुमा धान खरिद सुरु भएपछि खरिद केन्द्रमा किसानको लाईन हुने गरेको भएपनि यसपटक भने किसानले लाइन बस्नु नपरेको ती कर्मचारीले बताए सुरुका एक दुई दिन धान ल्याउने किसानको अली चाप रहेको थियो, उनले भनेत्यस पछि फाटफुट मात्रामा मात्रै धान आउने गरेको , पछिल्लो समयत दिनमा एक दुई जना किसान मात्रै आउने गरेका छन्

सरकारले ढिला गरी धान खरिद गरेका कारण यस पटक सोचे अनुसार धान नआएको हुन सक्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड प्रदेश कार्यालय धनगढीकी प्रमुख इन्जिला वस्नेतले बताइन्

तर विक्रिका लागि आउने क्रम भने नरोकिएको उनले बताइन् टिकापुरमा गोदाम अभावका कारण धान खरिद गर्न रोकेका छौं, उनले भनिन्त्यहाँ केही किसान अझै हामी संग सम्पर्कमा छन्, धनगढीमा फाटफुट धान आइरहेको , त्यसैले कोटा अनुसार धान आउनेमा आशावादी छौं यस पटक धान खरिद प्रक्रिया अलि ढिलो सुरु भएका कारण पनि प्रयाप्त धान नआएको अनुमान गरिएको उनले बताइन् मंसिरको सुरुमै प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन भएका कारण कात्तिक देखि नै चुनावको तयारीमा सरकारी निकाय जुट्नुपर्ने भयो, उनले भनिन्जसका कारण धान खरिदमा केही ढिलाई भएको हो

टिकापुरको गोदाममा रहेको धान पिसानीका लागि बोलपत्र आह्वान भइसकेको उनले बताईन धान पिसानीका लागि बिहीबार १५ दिने सूचना निकालेका छौं, उनले भनिन्पिसानको ठेक्का लागेपछि टिकापुरको गोदाम खालि हुने , त्यस पछि पुनः टिकापुरबाट पनि धान खरिद सुरु गरिने

यस बर्ष सरकारले ढिलो गरी धान खरिद प्रक्रिया अघि बढाउँदा किसानले व्यापारीलाई संस्तोमा धान वेचेका थिए जस्का कारण अहिले खाद्य संस्थानलाई कोटाको धान पाउन पनि समस्या भइरहेको

गहुँका लागि आवश्यक पर्ने मल खाद, बीउ तथा चाडवाडमा खर्चको जोहो गर्न किसानले कात्तिकमै धान वेच्नु पर्ने हुन्छ, धनगढी१३ का किसान शिवचरण रानाले भनेत्यतिवेला सरकारले कुनै निर्णय गरेन, जव हामिले सस्तो मुल्यमा व्यापारीलाई धान वेचिसक्छौं, अनि मात्रै धान खरिद सुरु भयो, सरकारले ढिलो गरी धान खरिद गर्दा त्यसले किसानलाई नभई व्यापारीलाई फाइदा हुन्छ

कात्तिकमा व्यापारीले किसानबाट सस्तोमा धान किनेर त्यही धान सरकारलाई महंगोमा वेच्ने गरेको उनको भनाई किसानले व्यापारीलाई बढीमा २० रुपैंयामा धान वेचेका छन्, उनले भनेकिसानबाट सस्तोमा खरिद गरेको धान व्यापारीले २९ रुपैंयामा सरकारलाई वेच्दछ, व्यापारीलाई फाइदा पुग्ने गरी सरकारलेनै ढिलो धान खरिद गर्ने गरेको

सरकारले कात्तिक १६ गतेको मोटा धानको न्यूनतम मुल्य हजार सय ६७ मध्यम धानको मुल्य हजार सय २८ कायम गरेको थियो

कात्तिकमा मुल्य निर्धारण गरेपनि सरकारले धान खरिद भने मंसिर २७ गते बाट मात्रै सुरु भएको थियो सरकारले पुसबाट मात्रै धान गरिद गर्न सुरु ¥यो, धनगढी का रामदाश रानाले भनेत्यति सम्म अधिकांस किसानले धान वेचिसकेका थिए, अहिले सरकारले किसानको नभई व्यापारीको धान खरिद गरिरहेको

दुई बर्ष अघि मोटो धानको मुल्य २७ रुपैंया निर्धारण गरेको थियो, उनले भनेत्यतिवेला व्यवपारीले पनि राम्रै मुल्य दिएका थिए, गत बर्ष बर्षाले भिजेको भन्दै सरकारले धाननै खरिद नगर्दा व्यापारीलाई सस्तोमा धान वेच्यांै, यस बर्ष सरकारले समयमा खरिद सुरु नर्दा व्यापारलिाईनै सस्तोमा वेच्नु ¥यो धान वेचेर हिउँदे बाली लगाउन खर्चको जोहो गर्नुपर्ने भएका कारण व्यवपारीलाई सस्तोमा धान वेच्नुपरेको उनले बताए

उनका अनुसार व्यापारीले किसानबाट बढीमा २० रुपैंयामा धान खरिद गरेका थिए धान वेचेर आएको पैशाबाट खेत जोत्ने मल खाद किन्नु पर्दछ, कैलालीको भजनी नगरपालिका लालबोझिका किसान दिनेश डगौराले भने–‘खाद्य व्यवस्था तथा व्यापार कम्पनिले धान खरिद गर्ला भनेर कुरेर बसिरहँदा गहुँ छर्न ढिलो हने भएपछि यहाँका किसान सस्तोमा धान वेचेर हिउँदे लगाएका हुन

खाद्य व्यवस्था तथा व्यापार कम्पनिले २०७७ मा धानको समर्थन मुल्य मोटो धान प्रति क्वीन्टल हजार सय ३५ मध्यम धानको मुलय प्रतिक्वीन्टल हजार सय ८५ तोकेको थियो सो बर्ष कैलालीमा ६१ हजार मेट्रिकटन धान संस्थानले खरिद गरेको थियो

गत बर्ष  मोटो धानको मुल्य हजार सय ५० मसिनो धानको मुल्य दुई हजार सय निर्धारण गरिएकामा कार्तिकमा आएको बाढीका कारण धान विग्रेको भन्दै खाद्य तथा व्यापार कम्पनिले धान खरिद नै गरेन २०७७ मा कैलालीका वटा स्थान -धनगढी, टिकापुर, जोशीपुर भजनी_ बाट खाद्य व्यवस्था तथा व्यापार कम्पनिले धान खरिद गरेको थियो