धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

दाइजो सहकारीद्धारा ८ पावर टिलर बितरण

दाइजो सहकारीद्धारा ८ पावर टिलर बितरण

धनगढी   दाइजो कृषि सहकारी संस्था लिमिटेडले आफ्ना आठ जान शेयर सदस्यहरुलाई पावर टिलर बितरण गरेको मुख्यमन्त्री नमुना कृषि गाउँ खाद्यान्न बीउ उत्पादन समन्वय समिति अन्तर्गत कृषि ज्ञान केन्द्र धनगढीको ५० प्रतिशत अनुदान सहयोगमा दाइजो सहकारीले पावर टिलर बितरण गरेको हो

 सुदुरपश्चिम प्रदेशकी निबर्तमान भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री  बिनिता चौधरीले शनिबार मुख्यमन्त्री नमुना कृषि गाउ खाद्यान्न बीउ उत्पादन समन्वय समितिले   आयोजना गरेको कार्यक्रममा पावर टिलर हस्तान्तरण गरेकी हुन्

 पवर टिलर पाउनेमा धनगढी देवहरियाका  भंगी राना, असपासी राना, जितेन्द्र राम राना, बिजय राना, भागीराम चौधरी, लौटन चौधरी, प्रसादी राना थारु रहेका छन् भने  सुखलाल रानाले मिनि टिलर पाएका छन्

कृषिको उत्पादन बृद्धि गर्न किसानलाई प्रबिधिमैत्री बनाउन सुदुरपश्चिम सरकारले किसानहरुलाई कृषि यन्त्र  मल बीउमा सहयोग  गर्दै आएको

दाइजो सहकारीले हालसम्म ४७ पावर टिलर, एक मिनि टिलर, १२ रिफर, २२ स्प्रे  ट्यांकी  १२ मोटर बितरण गरिसकेको सहकारीका प्रवन्धक बासुदेव रानाले बताए

 सो अवसरमा निबर्तमान भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री  बिनिता चौधरीले कृषि उत्पादनमा आत्म निर्भर बन्न उत्पादनमा बृद्धिका लागि किसानहरुलाइ सहयोग गरिएको बताइन्   एक बर्षमात्र सहयोग गरेर किसानलाई सहयोग नपुग्न सक्छ भनेर तीन बर्षसम्म सहयोग गर्ने निती लिइएको हो चौधरीले भनिन्  सरकारले सहयोग गरेको , त्यसबाट उत्पादन बृद्धि भयो कि भएन भनेर पनि हेर्नु पर्ने बेला भएको

सरकारले उत्पालन बृद्धिका लागि बाटो मात्र देखाएको बताउँदै चौधरीले उत्पादनको  बजार, मुल्य संरक्षणको लागि अझै काम गर्न बाकी रहेको बताइन्

 कृषि ज्ञान केन्द्र धनगढीका अधिकृत श्यामराज जोशीले  आधुनिक कृषि यन्त्र, बीउ मलको माध्यमबाट उत्पादन लागत घटाएर उत्पादन बढाउन प्रतिस्पर्धी बनाउन यन्त्रको सहयोग गरिएको बताउदै अब उत्पादन बृद्धि भयो कि भएन भनेर हेर्ने बेला आएको बताए अब उत्पादन बृद्धि कति भयो भनेर सोच्न जरुरी जोशीले भने उत्पपादन बढेन भने  बितरण प्रणालीका बारेमा सोच्नु पर्ने हुन्छ

जोशीले कृषिमा औजारको बढी भन्दा बढी प्रयोग गर्न किसानहरु व्यावसायिक बन्न आवश्यक रहेको बताए

धनगढी उपमहानगरपालिका वडा नम्बर का अध्यक्ष मोती रानाले बजार नजीकका किसानले उत्पादन गरेको अनाजको मुल्य पाउन नसकेको बताउँदै भने तीन तहका सरकार छन्, तर तिनका बीचमा समन्वय  हुन नसक्दा समस्या समन्वय गरेर काम गर्नु पर्दछ

 नेकपा एसका दिर्घराज जोशी कापडीले दाइजो सहकारीले छोटो समयमा नै किसानका पक्षमा राम्रो काम गरेको बताउदै अझै राम्रो गर्न आवश्यक रहेको बताए

दाइजो सहकारीका शिक्षा संयोजक मनराज यादवले सहकारीले अझै गुणस्तरीय सेवा प्रवाह गर्नमा जोड दिनु पर्ने बताए

मुख्यमन्त्री नमुना कृषि गाउँ खाद्यान्न बीउ उत्पादन समन्वय समितिका अध्यक्ष चन्द्रकिरण रानाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य सहकारीका सल्लाहकार देव सेठीले व्यक्त गरेका थिए भने कार्यक्रमा सँचालन सहकारी सचिव दिपक जोशीले गरेका थिए