धनगढी पोष्ट आइतबार, ०१ असार २०८२   June 15, 2025

प्रेम प्रसादको सम्झनामा दीप प्रज्वलन

प्रेम प्रसादको सम्झनामा दीप प्रज्वलन

धनगढी । शरीरमा आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको सम्भनामा धनगढीमा दीप प्रज्वलन गरिएको छ ।
कैलाली उद्योग वाणिजय संघको अयोजनामा मृतक आचार्यको आत्माको चिर शान्तिको कामना सहित धनगढी पार्कमोडमा दीप प्रज्वलन गरिएको हो ।
नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रीक नीतिका कारण प्रेमप्रसादले आत्मदाहको बाटो रोज्नु परेको कैलाली उद्योग बाणिज्य संघका बरिष्ट उपाधयक्ष पुस्कर ओझाले बताए । ‘आफ्नै शरीरमा आगो लगाएर आम्तहत्याको बाटो रोज्नु निकै कठिन निर्णय हो,’ उनले भने, ‘यस्तो अवस्था आउनुमा आम्रो देशको सिस्टम र सरकारका नीति योजना कारक रहेका छन्, सरकारको नीति परिमार्जन नभए अन्य नागरिक पनि यस्तो बाटो रोज्न बाध्य नहोलान् भन्न सकिदैन ।’
दीप प्रन्वलन पछि सहभागिले एक मिनेट मौन धारण गरेका थिए । कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका पदाधिकारी, कर्मचारी तथा अन्य व्यवसायीको सहभागिता रहेको थियो ।
संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो प्रेमप्रसाद आचार्यले आफ्नै शरीरमा पेट्राल छर्केर आत्मदाहको प्रयास गरेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । उनले आत्मदाह गर्नु अघि सरकार र सरकारी संयन्त्रमाथी विभिन्न आरोग लगाउँदै सामाजिक सञ्जालमा केही प्रश्न राखेका थिए ।
उनले उठान गरेका विषय अध्ययन गरेर गृह मन्त्रालयले छानबिन गर्ने र सत्यतथ्य बाहिर आएपछि सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बुधबार बताएका छन् ।
सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले देशमा गरिखाने अवस्था नभएकोले आफूले मृत्यु रोज्न खोजेको लेखेका छन् ।
आफूलाई युवा उद्यमी भन्दै ३६ वर्ष पार गर्दा पनि गरिएको कुनैपनि कामबाट केही उपलब्धि हासिल नभएको भन्दै असफलताको कथा लेखेको बताएका छन् ।