धनगढी पोष्ट मङ्गलबार, २६ चैत २०८१   April 8, 2025

धनगढीका २२ सय भन्दा बढी वालवालिकालाई शैक्षिक सामाग्री

धनगढीका २२ सय भन्दा बढी वालवालिकालाई शैक्षिक सामाग्री

धनगढी । धनगढी उपमहानगरपालिका क्षेत्रका २२ सय भन्दा बढी वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) को सहयोगमा धनगढी नगरक्षेत्रका ८ वटा बिद्यालयका ईसिडी देखी कक्षा ८ सम्मका २२ सय १० वालवालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको हो ।
 सामाग्री कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रदेश सभा सदस्य प्रकाश देउवाले बिद्यार्थीलाई हस्तान्तरण गरेका  हुन । हस्तान्तरण कार्यक्रममा वोल्दै प्रदेश सभा सदस्य प्रकाश देउवाले राज्यको लगानीको प्राथमिकताको क्षेत्र शिक्षा हुनुपर्ने बताए । उनले भने–‘शिक्षा नै देश विकासको मुख्य आधार हो, त्यसैले राज्यको अबको लगानी वालवालिकाको शिक्षामा हुनुपर्दछ ।’ अहिले वालवालिकामा लगानी गरे मात्र भविष्यमा देशले राम्रो जनशक्ती उत्पादन गर्न सक्ने प्रदेश सभा सदस्य देउवाको भनाई छ ।
 रुडुकको पाण्डाप्याक परियोजना अन्र्तगत वालवालिकालाई स्कुल झोला, स्टेसनरी र स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । धनगढी उपमहानगरपालिकाका बिभिन्न वडामा रहेका राष्ट्रिय तुलसिराम, राष्ट्रिय आधारभुत बिद्यालय, शारदा मावि, सरस्वती स्कुल, जनता आधारभुत बिद्यालय, जनता राष्ट्रिय माबि, ठेकराज माबि र भैरबबाबा आधारभुत बिद्यालयका वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।