धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

धनगढीमा एस.बी कृषि मार्ट सञ्चालन

धनगढीमा एस.बी कृषि मार्ट सञ्चालन

धनगढी धनगढीमा एस=बी कृषि मार्ट सञ्चालनमा आएको

व्यवसायी विष्णुराज बुर्लाकोटीले एस=बी कृषि मार्ट सञ्चालनमा ल्याएका हुन् उनका अनुसार कृषि संग सम्बन्धित मार्ट नेपालमै पहिलो पटक धनगढीमा खुलेको हो

किसानलाई वयवसायीकरण गराई उत्पादनमा समावेस गराउँदै उपभोक्तालाई स्वस्थकर गुणस्तरिय खाद्या सामाग्री उपलब्ध गराउन, किसानलाई आवश्यक बीउ, मलखाद तथा कृषि सामग्री शुलभ मुल्यमा उपलब्ध गराउन, अर्गानिक खेतिमा किसानलाई आकर्षित गराउन कृषिमार्ट सञ्चालनमा ल्याइएको सञ्चालन बुर्लाकोटीले बताए

मार्टमा कृषि सम्बन्धी सम्पुर्ण सामग्री सुपथ मुल्यमा पाइनुका साथै लोप हुँदै गएका स्थानीय खानाका परिकार उपलब्ध हुने उनले बताए कृषि मार्टले किसानलाई कृषि सम्बन्धी प्रशिक्षण दिने, माटोको निशुल्क परिक्षण गरी माटो अनुसारको वाली प्रबद्र्धनमा टेवा पु¥याउने, कृषि भेटेनरी सम्बन्धी किसानलाई निशुल्क परामर्स सेवा दिने उद्देश्य समेत रहेको उनले बताए

एस=बी कृषि मार्ट सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले मंगलबार उद्घाटन गरेका हुन्

संविधानमै समाजबाद उन्मुख अर्थतन्त्र ल्याउने परिकल्पना गरिएको भएपनि त्यस अनुसार सरकारका नीति कार्यक्रम आउन नसकेका उनले बताए

देशको आर्थिक बिकासमा महत्वपुर्ण योगदान दिन सक्ने कृषि व्यवसायलाई सरकाररले प्रसय दिने प्रयाप्त कार्यक्रम समेत नआएका उनले बताए भएका कार्यक्रम पनि विचौलिको खल्तीमा जाने गरेका छन्, प्रदेश प्रमुख जोशीले भने, ‘जस्का कारण कृषि व्यवसाय रोजेका कृषक अहिले पलायन भइरहेका छन्, अस्तो अवस्थामा एस.बी कृषि मार्टले किसानलाई टिक्न कृषि व्यवसायको प्रबद्र्धन गर्न टेवा पु¥याउनेछ भन्ने विश्वास

प्रदेश प्रमुख जोशीले कृषि व्यवसायलाई प्राथमिकतामा नराख्दा पछिल्लो समय आयात बढेको त्यसले नेपाको आर्थिक सम्वृद्धि भन्ने नारालाई समेत ओझेलमा पारेको बताए

एस=बी कृषि मार्टले उत्पादनलाई प्राथमिकता दिनुपर्ने उपभोक्तालाई अर्गानिक सामाग्री उपलब्ध गराउन उनले आग्रह गरे सरकारले गर्नेकाम एस.बी कृषि मार्टले गर्न थालेको उनले बताए

प्रतिनिधी सभा सदस्य डिल्लीराज पन्तले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न सकेमात्रै देशकामे आर्थिक सम्वृद्धि सम्भव रहेको बताए आफु प्रदेश सभामा हुँदा पनि कृषिलाई व्यवसायीकीकरणका लागि कार्यक्रम ल्याउन आवाज उठाएको स्मरण गर्दै उनले प्रतिनिधी सभामा पनि सोकुरा उठान गर्ने बताए

प्रदेश सभा सदस्य धर्मराज पाठकले समाजबादको नारालाई साकार पार्न कृषिलाई व्यवसायीकरण गरिनु अपरिहार्य रहेको बताए देशको ८० प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको भन्दै उनले भने, ‘८० प्रतिशत नागरिक कृषिमा निर्भर हुँदा हुँदैपनि हामी बर्षमा अरबौंको खाद्य सामाग्री आयात गरिरहेका छौं, यसको प्रमुख कारण हामीले अझैपनि कृषिलाई व्यवसायीकरण गर्न सकेका छैनौं, कृषिलाई व्यवसायीकरण गर्नसके केमात्रै आर्थिक सम्वृद्धिको सपना साकार पार्न सकिन्छ

कार्यक्रममा नेपाल पत्रकार महाँसंघ कैलाली शाखाका अध्यक्ष हिमालय राज जोशी, कैलाली उद्योग वाणिज्य संघकी निर्देशक गोमा अधिकारी, कुँवर लगायतले मन्तव्य व्यक्त गरेका थिए