धनगढी पोष्ट
बुधबार, १८ माघ २०७९ मा प्रकाशित
धनगढी । नेपाल शिक्षा समुह सुदूरपशिचम प्रदेशको बैठक सम्पन्न भएको छ । धनगढीमा सम्पन्न बैठकले प्रदेश स्तरको विपत पुर्व तयारी तथा प्रतिकार्य योजनाको दस्तावेजमा छलफल, प्रदेश शिक्षा समुहले निर्माण गरेको वेभ पार्टल सम्बन्धमा छलफल गरेको छ ।
बैठकमा आगामी आइतबार भित्र दस्तावेजका लागि सुझाव समुहमा पठाइसक्नुपर्ने र वेभ पोर्टललाई आकर्षक र व्यवस्थित बनाउन सुझाव समेत संकलन गर्ने विषयमा छलफल भएको थियो । यसैगरी बैठकमा सुदूरपश्चिममा दुई पटक गएको भुकम्पले बाजुरा र डोटीमा विद्यालयमा भएको क्षति संकलन गरी आवश्यक सहयोगका लागि माग गर्ने समेत निर्णय गरेको छ ।
सामाजिक विकास मन्त्रालयको नेतृत्वमा गठित शिक्षा समुहमा विभिन्न दातृनिकायका प्रतिनीधिहरु, शिक्षासंग सरोकार राख्ने निकायका प्रतिनीधिहरु र नागरिक समाजका प्रतिनीधि सदस्य रहेका छन् ।
यो समुहले खासगरी विभिन्न प्रकोप तथा महामारीका वेला शिक्षा क्षेत्रलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा दस्तावेज तयार गरिरहेको छ ।