धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

सांसद अरुण चौधरी बाकेमा पक्राउ

सांसद अरुण चौधरी बाकेमा पक्राउ

काठमाडौँ नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद अरुण कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको सांसद चौधरीलाई बिहीबार दिउँसो बाँकेका कोहलपुर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले सांसद चौधरीलाई दिउसो बजेतिर कोहलपुर क्षेत्रबाट पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेलले जानकारी दिए

प्रवक्ता पोखरेलले भनेपक्राउ परेका सांसद चौधरीलाई कैलाली ल्याइदैछ    उनलाई आज नै कैलाली बुझाउँछौं

सांसद चौधरीकै २०७८ मा कैलाली क्षेत्र नं बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन्

कैलाली जिल्ला अदालतले १० वर्ष अघि आगजनी गरेको कसूरमा उनीमाथि महिना कैद लाख जरिवाना गर्ने फैसला गरेको थियो उक्त फैसला कार्यान्वयन भएको थिएन यो बीचमा उनी सांसद बनेर आएपछि उनको फैसला कार्यान्वयन नभएको कुरा बाहिर आएको थियो

कैलाली जिल्ला अदालतका तत्कालिन न्यायाधीश बिष्णु सुवेदीको इजलासले उनलाईआगो लगायो मुद्दामा दोषी ठहर गरेको थियो कैलालीको तत्कालिन बलिया गाबिसका महादेव बजगाईले आफ्नो ट्रयाक्टरमा आगजनी गरेको भन्दै चौधरी सहितका विरुद्ध किटानी जाहेरी दिएका थिए यही मुद्दामा पर्शुराम चौधरी बीर बहादुर चौधरीलाई पनि अदालतले दोषी ठहर गर्दै कैद सजाय जरिवाना गरेको थियो