धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

गोदावरीका ५ सहित थप १६ जनामा कोरोना पुष्टि

गोदावरीका ५ सहित  थप १६ जनामा कोरोना पुष्टि

धनगढी

   सुदूरपश्चिममा आज कैलालीको गोदावरी नगरपालिकाका ५ जना सहित थप १६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशीक अस्पताल धनगढीको प्रयोगशालामा भएको परीक्षणमा ८ महिला र ८ पुरुष गरी १६ जनामा कोरोना पुष्टि भएको हो ।

     सेती प्रादेशिक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार  कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ९ का पाँच जना, गौरीगंगा नगरपालिकाका तीन जना, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एक जना र भीमदत्त नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ ।

  यसैगरी अछामको साँफेवगर नगरपालिकाका दुई जना, बाजुराको त्रिवेणी नगरपालिकाका दुई जना, अछाकै मंगलसैन नगरपालिका र चौरपाटी गाउँपालिकाका एक÷एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशीक अस्पतालको बिज्ञप्तीमा उल्लेख छ ।