धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

नागरिक उन्मुक्तिले मुख्यमन्त्रीलाई  विश्वासको मत नदिने

नागरिक उन्मुक्तिले मुख्यमन्त्रीलाई  विश्वासको मत नदिने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको छ ।
मंगलबार जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसंगको छलफल पछि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिएको नागरिक उन्मुक्ति पार्टीका एक प्रदेश सभा सदस्यले बताए । सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्र रावलले बुधबार प्रदेश सभामा विश्वासको मत माग्ने छन् ।
तर नागरिक उन्मुक्ति पार्टीले सहयोग नगरेको अवस्थामा सरकारलाई बहुमत सदस्यको विश्वासको मत पाउन समस्या हुने देखिएको छ । 
‘हाम्रा माग पुरा गर्ने मौखिक वचन दिंदै आएको सरकारले अल्टै हाम्रै पार्टीका प्रतिनीधि सभा सदस्य अरुण चौधरीलाई जेल चलान गर्यो नागरिक उन्मुक्ति पार्टीका एक प्रदेश सभा सदस्यले धनगढी पोष्ट न्युजसंग भने, ‘यस्तो अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत दिएर कुनै काम छैन, अव हामी तठस्त बस्नेछौं ।’
मंगलबार उन्मुक्तिका नेता रेश्मलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठको सहभागितामा संसदीय दलका नेता रामेश्वर चौधरी सहित उन्मुक्तिका प्रदेश सभा सदस्यबीच विश्वासको मत दिने वा नदिने भन्ने बारेमा छलफल भएको ती सदस्यले बताए । 
छलफलमा सहभागि एक–दुई जना बाहेक सवैले सरकारलाई विश्वासको मत दिन नहुने तर्क राखेका उनले बताए ।
सुदूरपश्चिममा एमालेका १०, माओवादीका सभामुख बाहेक १०, नागरिक उन्मुक्तिका ७ र एक जना राप्रपाका प्रदेश सभा सदस्यको समर्थनमा रावल मुख्यमन्त्रीमा गत पुस २७ गते नियुक्त भएका थिए । काँग्रेसमा १९, समाजवादीका चार र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यहरु प्रदेश सरकारको बिपक्षमा छन् ।