धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सुदूरपश्चिम प्रदेश सभाको बैठक १ बजे बस्दै, नाउपाका सांसद काठमाण्डौंमै

सुदूरपश्चिम प्रदेश सभाको बैठक १ बजे बस्दै, नाउपाका सांसद काठमाण्डौंमै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लग्नका लागि आज दिउसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको भएपनि नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य भने काठमाण्डौंमै रहेका छन् ।
नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यको मत विना मुख्यमन्त्रीले प्रदेश सभाबाट बहुमत सदस्यको विश्वासको मत पाउने छैनन् । मुख्यमन्त्रीलाई विश्वासको मत लग्न २७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने भएपनि नागरिक उन्मुक्ति पार्टी विना शत्तारुढ दलसंग २२ सदस्य मात्रै हुने छन् ।
सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, नकपा एकिकृत समाजबादी पार्टीका ४ र स्वतन्त्र प्रदेश सभा सदस्य डा.तारा जोशी विपक्षमा छन् । प्रदेश सभामा विपक्षीसंग २५ जना प्रदेश सभा सदस्य रहेका छन् । 
सरकारमा सहभागि दलहरु मध्य नेकपा माओबादी केन्द्रसंग ११, नेकपा एमालेसंग १०, नागरिक उन्मुक्ति पार्टीसंग ७ र राप्रपासंग एक जना प्रदेश सभा सदस्य रहेका छन् ।