धनगढी पोष्ट
शुक्रबार, २७ माघ २०७९ मा प्रकाशित
धनगढी । सदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले तीन सदस्यीय मन्त्रीमण्डल निर्माण गरेका छन् । शपथ ग्रहणको लगत्तै मुख्यमन्त्री शाहले प्रकाश देउवा र नरेश बहादुर शाहीलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसका देउवालाई भौतिक पुर्वाधार तथा बिकास मन्त्री र नेकपा एसका शाहीलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन् ।
आर्थिक र भौतिक बाहेकका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले आफुसँग नै राखेका छन् ।
राजेन्द्र सिंह रावलले बिश्वासको मत लिन नसकेपछि सुदुरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सुदुरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेस संसदिय दलका नेता कमल बहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।