धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

मुख्यमन्त्री शाहको पहिलो निर्णय : प्रदेशमा भ्रष्टाचार नियन्त्रण गर्नका लागि अध्ययन गर्न कार्यदल गठन

मुख्यमन्त्री शाहको पहिलो निर्णय : प्रदेशमा भ्रष्टाचार नियन्त्रण गर्नका लागि अध्ययन गर्न कार्यदल गठन
कमल बहादुर शाह

धनगढी । सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा भ्रष्टाचार नियन्त्रणका लागि कार्ययोजना निर्माण गर्ने पहिलो निर्णय गरेका छन् ।

पदभार ग्रहण गरेपछि मुख्यमन्त्री शाहले भ्रष्टाचार नियन्त्रणका लागि अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेका हुन् ।

उक्त समितिले तीस दिनभित्र आफ्नो अध्ययन प्रतिवेदन पेश गर्ने र त्यसै आधारमा  भ्रष्टाचार न्युनीकरणका लागि कार्य अघि बढाइने मुख्यमन्त्री शाहले बताए ।