धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

शारदा मावि जुगेडाको ४३औं बार्षिकोत्सव सम्पन्न

शारदा मावि जुगेडाको ४३औं बार्षिकोत्सव सम्पन्न

धनगढी धनगढी१२ जुगेडामा रहेको शारदा माविको ४३औं बार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रम सहित सम्पन्न भएको

बार्षिकोत्सव उद्घाटन गर्दै धनगढी१२ का वडा अध्यक्ष शेरबहादुर महराले शैक्षिक गुणस्तर सुधारका लागि आगामी बर्ष देखि योजनाबद्ध रुपमा काम गर्ने बताए

शारदा मावि वडा कार्यालय नजिकै रहेको पुरानो शैक्षिक संस्था भएको भन्दै उनले सो विद्यालयको समग्र विकास गर्नु आफ्नो जिम्मेवारी हुने बताए वडाका सवै शैक्षिक संस्थाको विकास गर्ने दाइत्व हाम्रै हो, अध्यक्ष महराले भने, ‘तर शारदा मावि यस क्षत्रकै पुरानो शैक्षिक संस्था पनि हो, कार्यालय वडा कार्यालय संगै जोडिएको पनि , त्यसैले शारदा माविलाई पहिलो प्रार्थमिकतामा राखेर काम गर्ने

धनगढी उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्र खातिले विदालयको शैक्षि सुधारका लागि शिक्षक अभिभावक सवै जिम्मेवार हुनुपर्ने बताए

उनले विद्यालयमा बालबालिका घण्टा मात्रै विताउने बाँकी १८ घण्टा घरमै विताउने हुदा अभिभावक बालबालिका प्रति बढी जिम्मेवार बन्नु पर्ने बताए अभिभावकले आफ्ना बालबालिका संगै विद्यालयको पनि निग्रानी गर्नु पर्दछ, महाशाखा प्रमुख खातिले भने, ‘कहिलेकाही शिक्षक कर्मचारीबाट पनि गल्ती हुन सक्दछ, लापर्वाही हुन सक्दछ, उनिहरुलाई जवाफदेही बनाउनु अभिभावकको कर्तव्यहो

बार्षिकोत्सव कार्यक्रमका अवसरमा शारदा माविले आयोजना गरेका खेल, नृत्व तथा अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ भएका खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो कार्यक्रममा विद्यार्थीले कला प्रस्तुत समेत गरेका थिए कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिर्घराज जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए

विद्यालय व्यवस्थापन सहितिका अध्यक्ष तारासिंह कुँवरको अध्यक्षतमा सम्पन्न बार्षिकोत्सव कार्याक्रम सञ्चालन शिक्षक जीवन रेग्मीले गरेका थिए

सेवा निवृत्त शिक्षकको विदाई

शारदा माविको स्थापना देखि काम गर्दै सोही विद्यालयबाट सेवा निवृत्त भएका शिक्षक गणेश प्रसाद खनालको बार्षिकोत्स कार्यक्रमका अवसरमा सम्मान सहित विदाई गरिएको

उनलाई विद्यालयले दोसल्ला ओढाएर प्रमाण्पत्र सहित विदाई गरेको हो विदाई पछि शिक्षक खनालले भने, ‘विद्यालय स्थापना हुँदा धेरै संघर्ष गर्नुपरेको थियो, अहिले त्यसको तुलनामा विद्यालयको चौतर्फि विकास भएको , तर आगामी दिनमा अभिभावक विद्यार्थीको पहिलो राजाईमा पर्ने शैक्षिक संस्था शारदा भएको हुर्ने मनछ