धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

उदयदेव सहकारीद्धारा कोपकार्ड सेवा शुरु

उदयदेव सहकारीद्धारा कोपकार्ड सेवा शुरु

धनगढी उदयदेब बहुउदेश्यीय सहकारीले   आफ्ना सदस्यहरुका लागि कोपकार्ड (एटीम) सेवा शुरु गरेको कोपकार्ड सेवा शुरु गरेपछि अब उदयदेका सदस्यहरुले आफ्नो बचत रकम देशभरि जुनसुकै ठाउँबाट पनि झिक्न सक्नेछन्

  शेयर सदस्यहरुको सुविधाका लागि कोपकार्ड सेवा शुरु गरेका छौं उदयदेवका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले भने अब शेयर सदस्यहरुले कोपकार्डको प्रयोग गरेर देशभरि जुनसुकै ठाउँबाट पनि बचत रकम झिक्न सक्नेछन्  

 कोपकार्ड सेवा शुरु भएपछि शेयर सदस्यहरुले बिदाको दिनमा समेत बचत झिक्न सक्ने सुविधा भएको प्रमुख कार्यकारी अधिकृत चन्दले बताए

 शेयर सदस्यहरुले  रकम झिक्न ग्लोबल  आइएमइ बैंकको एटीएम मेशीन प्रयोग गरेमा कुनै शुल्क लाग्ने छैन   ग्लोबल आइएमइ बाहेकका बैंंकका एटीएम प्रयोग गरेमा न्युनतम सेवा शुल्क लाग्ने

शेयर सदस्यहरुले सहकारीका  महेन्द्रनगर, धनगढी, अत्तरिया, डडेल्धुरा बैतडी सेवा केन्द्रबाट  कोपकार्ड लिन सक्नेछन्

उदयदेवद सहकारीले यसअघि नै आइएमइ रेमिट सेवा शुरु गरिसकेको त्यस्तै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ टेब्लेट बैंकिङ सेवा पनि सहकारीले शेयर सदस्यहरुलाई प्रदान गर्दै आएको