धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

नागरिक उन्मुक्तिका सांसद अरुण चौधरीको बाकी सजाय मिनाह गर्न राष्टपति समक्ष सिफारिश

नागरिक उन्मुक्तिका सांसद अरुण चौधरीको बाकी सजाय मिनाह गर्न राष्टपति समक्ष सिफारिश

काठमाडौँ कैद सजाय भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई माफी दिन सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको गृह मन्त्रालयको प्रस्तावपछि मन्त्रिपरिषद्ले सांसद चौधरीको बाँकी सजाय मिनाहका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो

गृहमन्त्री समेतको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले नै चौधरीको सजाय मिनाहाका लागि पहल गरेका थिए सोही प्रस्तावमा मन्त्रिपरिषद्को बिहीबारको बैठकले चौधरीको बाँकी सजाय मिनाहाको सिफारिस राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको हो  त्यसअघि गृह मन्त्रालयले चौधरीमाथि लागेको कसुरको अवस्थाबारे महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको थियो

महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सञ्जीव राज रेग्मीले गृह मन्त्रालयलेसांसद चौधरीको मुद्दा कुन अवस्थामा छ  भनेर सोधेको उनी आगजनी मुद्दामा जिल्ला अदालत कैलालीबाट दोषी करार भई सजाय भुक्तानरत रहेको जानकारी केही दिनअघि गराएको बताए

त्यसपछि गृहले चौधरीको बाँकी सजाय मिनाहाका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो महान्यायाधिवक्ताको कार्यालयले पनि आगजनीको कसुरमा बाँकी सजाय मिनाहा गर्न सकिने बताएको थियो त्यसकै आधारमा सरकारले निर्णय गरेर फाइल राष्ट्रपति कार्यालयमा पठाएको हो

१३ वर्षअघिको कुटपिट आगजनीको घटनामा अदालतबाट दोषी ठहर भई कैद जरिवाना भुक्तान गर्न बाँकी चौधरी प्रतिनिधिसभा सदस्य बनेपछि मात्र पक्राउ परेका थिए