धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

जति दिन पदमा बस्छु राम्रो गर्छु  : मुख्यमन्त्री शाह

जति दिन पदमा बस्छु राम्रो गर्छु  : मुख्यमन्त्री शाह

धनगढी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफु जति दिन सरकारमा बसे पनि राम्रो काम गर्ने बताएका छन् धेरै कुरा सिक्न बाँकी रहेको भए पनि आफुमा केही गर्नुपर्छ भन्ने हुटहुटी रहेको भन्दै जति दिन सरकारमा रह्यो त्यति दिन सम्म प्रदेशको समग्र विकास नितीगत सुधारका क्षेत्रमा काम गर्ने मुख्यमन्त्री शाहले बताए

कमिसन खानेवाला छैन शुक्रबार जिल्ला समन्वय समितिको सातौं जिल्ला सभा तथा बार्षिक प्रगति समीक्षा अनुभव आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री शाहले भने, ‘अहिले भ्रष्ट्राचारको धेरै समस्या रहेको गुनासो आउने गरेको , त्यसलाई पनि रोक्ने प्रयास गर्ने छु, जानेको राम्रो गर्छु नराम्रो गर्दैन

मुख्यमन्त्रीको रुपमा रहेर कतैबाट कमिसन खाएको वा भ्रष्ट्राचार गरेको सुनिएमा आफु जस्तो सुकै कारवाही पनि सहन तयार रहेको उनको भनाई थियो

मुख्यमनत्री शाहले प्रदेशको सामाजिक एकतालाई आफुले विशेष ख्याल राख्ने बताए उनले प्रदेशबाट टुक्रे योजना बढी जाने गरेको गुनासोलाई पनि सम्बोधन गर्दै त्यसता योजना आगामी दिनमा नल्याइने बताए

मन्दिरमा पैसा नदिए, टुक्रे योजना नदिए कार्यकर्तालाई रुझाउन सकिदैन खतमै भइहाल्छ भन्ने मानसिकता देखिन्छ, शाहले भने, ‘तर हामीले राम्रो काम गरेर जनताको मन जिन्त सकिन्छ भन्ने बारेमा सोच्न सकेका छैनौं, अव टुक्रे योजना मन्दिरमा लगानी बढाउनु भन्दा जति दिन सेवामा रहन्छौं त्यति दिन राम्रो काम गर्ने बानी बसाल्नु आवश्यक , त्यसका लागि सवैले संकीर्ण सोच त्याग्नु आवश्यक

मुख्यमन्त्री शाहले जनतासंग प्रत्यक्ष जोडिएर काम गर्ने  पालिकालाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल हुनु पर्ने बताए

त्यसैगरी जिल्ला समन्वय समितिको भुमिका पनि बढाउनु आवश्यक रहेको उनले बताए

जिल्ला समन्वय समिति नाम मात्रैको संयन्त्र जस्तो देखिएको , उनले भने, ‘त्यसलाई प्रभावकारी बनाई सवै पालिकालाई जिम्मेवार बनाउने गरी जिल्ला समन्वय समितिलाई बलियो बनाउन सके त्यसले पालिकाको प्रभावकारिता अझ बढ्न सक्दछ

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाकी उप सभामुख कोइली देवी चौधरीले प्रदेश सरकार निर्माणमा दखिएको अन्यौलताका कारण जनतामा निरासा छाएको भन्दै सबै मिलेर दिगो सरकार निर्माण गरिनु पर्नेमा जोड दिइन् उनले हरेक बर्ष खेती गर्ने समयमा किसानलाई रसायनिक मलखाद पाउन समस्या हुने गरेको बताउँदै प्रदेश सरकारले त्यस तर्फ गम्भीर हुनुपर्ने बताइन्

प्रदेश सभा सदस्य प्रकाश बमले जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाइनु पर्नेमा जोड दिए अहिले जिल्ला समन्वय समिति औपचारिकतामा मात्रै सिमित भए जस्तो देखिएको भन्दै उनले अधिकार सहितको समन्वय संयन्त्र निर्माण गर्न सके पालिकाको प्रभावकारिता पनि बढ्ने बताए

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीले सरकारका कारण प्रदेश सरकार अस्थिर बनेको बताए

प्रदेश सभा सदस्य खेमादेवी विष्टले जिल्ला समन्वय समिति प्रमुख स्वर्गीय पदम पदम कलेलको परिवार आर्थिक संकटमा रहेको भन्दै सो परिवारलाई सवैले सहयोग गर्नुपर्नेमा जोड दिइन्