धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजरद विरुद्ध कैलालीका व्यवसायीको आन्दोलन

बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजरद विरुद्ध कैलालीका व्यवसायीको आन्दोलन

धनगढी । धनगढीका ब्यवसायी बैँकको चर्को ब्याजदर बिरुद्ध आन्दोलित भएका छन् बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयको नीतिमा सुधारको माग गर्दै मंगलबार बिहान आन्दोलनमा उत्रिएका हुन् मंगलबार बिहान धनगढी चौराह देखी पार्क मोडसम्म विरोध¥याली आयोजना गरेका थिए कैलाली उद्योग वाणिज्य संघ लगायत व्यवसायी संघ सस्थाहरु १० वुँदे माग राख्दैबैँक तथा बित्तीय सँस्थाको उच्च ब्याजदर नियन्त्रण गर्न ब्यवसायीले माग गरेका छन् ब्यवसायीहरुले एक अंकको व्याजदर कायम हुनुपर्ने, बैंकहरुको खर्च न्यून गरी स्पेड दर प्रतिशत हुनुपर्ने, सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी गत बर्षकै आधारमा लिइनु पर्ने, व्याज बुझाउने म्याद ३५ दिन सम्म नियमित मान्नु पर्ने, लिलाम प्रक्रिया स्थगित गरिनु पर्ने माग राखेका छन्

कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न कार्यक्रम ल्याउनु पर्ने,बिभिन्न शिर्षकमा लिइने सेवा शुल्कलाई पारदर्शि मनासिब बनाउन, कर्जाको ब्याजदर पुनरसंरचना गर्नलगायतका माग राखेका छन् आन्दोलनमा होटल व्यवसायी संघ, मदिरा व्यवसायी संघ, इलेक्ट्रोनिक्स डिलर्स एसोसियसन, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नाट्टा सुदूरपश्चिम, हार्डवेयर व्यवसायी संघ, होलसेल व्यवसायी संघ, निर्माण व्यवसायी संघ, व्युटि पार्लर व्यवसायी संघ, तरकारी तथा फलफुल व्यवसायी संघ सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोशियसनले एक्यवद्धता जनाएका थिए