धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

धनगढी   मोहनपुर सडक झिलीमिली

धनगढी   मोहनपुर सडक झिलीमिली

 

धनगढी : धनगढीअत्तरिया लेन सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रको किलोमीटर शय  मीटर सडक क्षेत्रमा आज  बुधबार रातिबाट सडक बत्ती शुरु भएको नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा धनगढी उपमहानगरपालिकाले टाफिक चौराहदेखि मोहनपुरसम्म स्मार्ट सिटी लाइट जडान गरेर उज्यालो दिन शुरु गरेको

सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवाले स्वीच अन गरेपछि साझ साढे सात बजेबाट उक्त सडक क्षेत्रमा  जडान गरिएको बत्तीले उज्यालो दिन शुरु गरेको हो

उज्यालो धनगढी अभियान अन्तर्गत पहिलो चरणमा धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पहिलो चरणमा धनगढी चौराहदेखि मोहनपुर विमानस्थल जाने चोकसम्म स्मार्ट सडक बत्ती जडानको काम पूरा भएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताए

नेपाल बिद्युत प्राधिकरणको ४० तथा धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत लगानीमा पहिलो चरण अन्तर्गतको बत्ती जडानको काम पूरा भएको हो धनगढी उपमहानगरपालिकाको करोड ६१ लाख नेपाल बिद्युत प्राधिकरणको करोड लाख गरि करोड ६९ लाखमा सडक क्षेत्रमालाइट जडान गरिएको हो  

धनगढी अत्तरिया लेन सडक अन्तर्गत बत्ती जडानका तीन वटा योजनामध्ये पहिलो चरणको योजना सम्पन्न भएको हो उपमहानगरपालिकाले धनगढीअत्तरिया लेन सडक अन्तर्गत धनगढी क्षेत्रभित्रको करीब किलोमिटर सडक क्षेत्रमा आधुनिक सडक बत्ती जडानको काम अघि बढाएको थियो

सडकमा करिब ४३२ आधुनिक बत्ती जडान गर्न धनगढी उपमहानगरपालिका नेपाल विद्युत् प्राधिकरणले संयुक्त लगानी गरेका थिए

उपमहानगरभित्रको क्षेत्रमा रातिको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न हरेक २८ मिटरको दुरीमा स्मार्ट सडक बत्ती जडान गरिएको हो २१६ पोलमा ४३२ वटा लाइट जडान गरिएको स्मार्ट सडक बत्ती रात पर्दै गएपछि आफैँ बल्दै जाने उज्यालो भएपछि आफैँ निभ्नेसेन्सर जडान गरिएको

आधुनिक उच्च प्रविधियुक्त बत्ती भएकाले खराव हुने नबल्ने जस्ता कुनै समस्या नहुने सूर्योदय ऊर्जा प्रालिका इन्जिनियर रविन महतोले बताए पाँच वर्षसम्म हामीले नै त्यसको जिम्मेवारी लिएका छौं, धनगढी आजदेखि झकिझकाउ हुनेछ, उनले भने नेपाल विद्युत प्राधिकरण ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको साझेदारीमा धनगढी उपमहानगरपालिकाले स्मार्ट सडक बत्ती जडान गरेको हो

दोस्रो चरणमा भने उपमहानगरको एकल लगानीमा बत्ती जडान गरिनेछ दोस्रो चरणमा धनगढी उपमहानगरपालिकाले १० वटा हाइमास्ट लाइट जडान गर्नेछ भने तेस्रो चरणमा उपमहानगरकै लगानीमा भन्सारदेखि धनगढी चौराह हुँदै मोहनपुरको बाँकी क्षेत्रमा बत्ती जडान हुने मेयर हमालले जानकारी गराए

सो अवसरमा भौतिक पुर्वाधार मन्त्री देउवाले धनगढीका मेयर हमालको बिकासको गतिसँग साझेदारी गरेर आफु अघि बढ्न इच्छुक रहेको बताए आफु धनगढीबाट नै निर्वाचित प्रतिनिधि भएकोले  यहाको बिकासमा आफ्नो सहभागिता रहने देउवाले बताए

 धनगढीका मेयर हमालले धनगढीका १९ वडामा नै उज्यालो बनाउने लक्ष्य पुरा गर्ने कार्यको शुरुआत लेन सडकबाट गरिएको बताए    धनगढी वासीको सहभागितामा नै बिकास अघि बढाउन चाहेको हमालले बताए