धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

ताक्लाकोट सडकखण्ड निर्माणको जिम्मा सेनालाई दिन पालिकाका प्रतिनिधिको माग

ताक्लाकोट सडकखण्ड निर्माणको जिम्मा सेनालाई दिन पालिकाका प्रतिनिधिको माग

बझाङ  जिल्लाको साइपाल गाउँपालिकाका जनप्रतिनिधिले ताक्लाकोट सडकखण्ड निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिन माग गरेका छन्

निर्माण व्यवसायीले समयमै काम नगरी ढिलो गरेको बताउँदै उनीहरूले यस्तो माग गरेका हुन् दक्षिणको भारत सुदूरपश्चिम प्रदेशको त्रिदेशीय नाका जोड्ने यो सडकखण्डलाई बझाङका साथै सुदूरपश्चिम प्रदेशकै विकासको मेरुदण्ड मानिन्छ यति महत्वपूर्ण भए पनि सडक निर्माणको कामले तीव्रता पाउन सकेको छैन

निर्माण व्यवसायीले विभिन्न बहाना बनाएर काम नगरेको उनीहरूको ठम्याइ सेनाले छोटो समयमै त्यस क्षेत्रको काम सम्पन्न गर्न सक्ने आँकलन भएको साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले जानकारी दिए कठिन चट्टानी भीरपाखा फुटाउन मेसिनरी साधन भरिपूर्ण भएको नेपाली सेनालाई ताक्लाकोट सडकखण्ड निर्माण गर्ने जिम्मा दिनुपर्ने अध्यक्ष बोहराले स्पष्ट पारे

निर्माण व्यवसायीको जिम्मा दिँदा यो काम पूरा हुन अझै १० वर्ष लाग्न सक्ने उनको भनाइ सेनाले काम गरिरहेको हुम्ला लगायतका जिल्लामा सेनाले रातदिन नभनी काम गरिरहेको उनले उदाहरण दिएका छन् निर्माण व्यवसायी सेनाको काममा निकै भिन्नता रहेको जनप्रतिनिधिको ठम्याइ

संघीय सरकारले प्रत्येक वर्ष बजेट छुट्टयाएर सुस्त गतिमा काम भयो भन्नु भन्दा तत्काल नेपाली सेनाको जिम्मा लगाउनु उचित रहेको अध्यक्ष बोहराले बताए बुधबार मात्रै बझाङका प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीले उक्त सडकखण्डको अनुगमन गरेका थिए यो वर्ष सडक निर्माणको कामले गति नलिएको समेत जोशीले बताए

साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड, पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँंग आफुले भेटका क्रममा ताक्लाकोट सडक खण्डको काम गर्ने जिम्मा सेनालाई दिनुपर्ने माग गरेको बताइन्

सदरमुकाम चैनपुरबाट उत्तरी खण्डमा निर्माण भइरहेको यो सडक छिटो छरितो निर्माण गर्न यस क्षेत्रका बासिन्दाको चाहना भए पनि ठेक्का लिएका निर्माण कम्पनीहरूको लापरबाहीका कारण काम ढिला भएको स्थानीयले बताएका छन्

रूपातोलादेखि साइपाल गाउँपालिकाको धुलीसम्म सडक निर्माणको जिम्मा लिएको नागार्जुन जेभी कम्पनीको काम झनै सुस्त देखिएको रूपातोलाबाट धुलीसम्म नागार्जुन निर्माण सेवाले २०७४ मंसिरमा काम शुरु गरेको थियो

हालसम्म ७५ प्रतिशत काम सकिएको बाँकी ३० प्रतिशत काम गर्न अझै बाँकी रहेको चैनपुर ताक्लाकोट सडक खण्डका डिई तुलाराम शर्माले बताए