धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

इन्फोटेकमा आइटी हार्डवेयर र सफ्टवेयरको प्रवद्र्धन हुन्छ : ओझा

इन्फोटेकमा आइटी हार्डवेयर र सफ्टवेयरको प्रवद्र्धन हुन्छ : ओझा
यज्ञराज ओझा अध्यक्ष  क्यान महासंघ  कैलाली

क्यान इन्फोटेकको तयारी कस्तो ?

अहिले  हामी क्यान इन्फोटेकको तयारीको तिव्रतामा छौं अहिलेसम्म हामीले स्पोन्सरको खोजी स्टल बुकिङका् काम सम्पन्न गरेका छौं   तयारीको ९० प्रतिशत भन्दा बढी काम सकिएको

इन्फोटेकमा कस्ता व्यवसायीहरुको सहभागिता हुन्छ ?

इन्फोटेकमा सुचना प्रविधिका हार्डवेयर सप्लायर्सहरुको सहभागिता , सफ्टवेयर डेभलपरहरुको पनि सहभागिता नेपालमा Innovation भएका प्रविधिहरु देखाउने व्यवसायीहरुको यसपटकको इन्फोटेकमा सहभागिता रहेको

शैक्षिक संस्थाहरुलाई कसरी जोडेका छौं ?

 सुचना प्रविधिको प्रवद्र्धन गरिरहेका कलेजहरुको पनि यसपटकको इन्फोटेकमा  सहभागिता भैरहेको कलेजले बिद्यार्थीहरुको ष्ललयखबतष्यल पनि प्रदर्शन गर्नेछन्

इन्फोटक गर्न खोजेको किन हो ?

इन्फोटक शव्दले नै सुचना प्रविधिको प्रदर्शन गर्नेल स्थल जनाउछ त्यस हिसाबले कलेजले उत्पादन गरेका  दक्ष जनशक्तिले बजारमा आफ्नो प्रवद्र्धन कसरी गर्ने ?  हार्डवेयर सफ्टवेयर व्यवसायीसँग कसरी जोडिएर जाने ? कलेजले उत्पादन गरेका जनशक्तिको दक्षता प्रदर्शन गरेर बजार सम्वन्ध बिस्तार गर्ने हो, टिकाउने बनाउने हो भन्ने हो हार्डवेयर व्यवसायमा लागेकालाई पनि दक्ष जनशक्ति पाइने रहेछ भनेर बिश्वास सिजना गर्ने हो कम्पनी  कलेजहरुको समन्वयमा जनशक्ति सिर्जना  कसरी गर्ने भन्ने अन्तरक्रिया पनि इन्फोटेकमा गर्छौ

सफ्टवेयरले गर्दा नै हार्डवेयर चल्ने हो   सफ्टवेयरलाई पनि सँगसँगै प्रवद्र्धन गर्दाखेरि प्राविधिक कुराले मुर्त रुप पाउँछ त्यस हिसाबले  प्राविधिक कुराको मुल रुपका लागि नै हामीले  सफ्टवेयर कम्पनीहरुलाई पनि आग्रह गरयौं धेरैलाई  आग्रह गरिए पनि  सबै आएका छैनन्, केही आएका छन्

हार्डवेयर  रसफ्टवेयर पार्टको प्रदर्शनी मात्र हुन्छ कि बिचारको मन्थन पनि हुन्छ ?

आइटी हार्डवेयर आइटी सफ्टवेयरका बीचको समन्वयका लागि दुई वटा सेमीनार राखेका छौं त्यसमा आइटी टेक्निकल कलेज उद्योगी व्यवसायीहरुलाई राखेर कस्तो जनशक्ति चाहिएको , कलेजहरुले कसरी दिन सक्छन् भनेर  अन्तरक्रिया गर्न खोजेका छौं यसले जनशक्ति उत्पादन गर्न कलेजहरुलाई  सहज हुन्छ, जनशक्ति कामसँग जोड्न सकिन्छ  भन्ने हो । अर्को, पालिकाहरुसँगको समन्वयमा साइबर सुरक्षाका बारेमा दुई दिनको सेमीनार नै गर्ने तयारी पनि भैरहेको

कस्ता किसिमका आइटी हार्डवेयरहरुको सहभागिता हुदैछ ?

 यस पटक  इन्फोटेकमा नेपालको सबै भन्दा पुरानो कम्पनी मर्कन्टायल पनि सहभागी हुदैछ, कम्प्युटर ल्यापटपहरुको प्रर्दनी गर्नेछ अन्य व्यवसायीहरु पनि जस्तै डेल, आशुष भन्ने कम्पनी जुन अहिले आक्रामक भएर आएको , उनीहरु पनि सहभागी हुदैछन् एकाउन्टिङ सफ्टवेयर कम्पनीहरु प्नि सहभागी हुदैछन् स्कुल सफ्टवेयर कम्पनी पनि आउदैछन् पेमेन्टको  लागि नया कम्पनी पे वेल , त्यो पनि आउदैछ नास्टको एउटा बस , जुन बसमा प्रविधिमा संसारकहा पुगेको भनेर प्रदर्शनी हुन्छ हामी त्यो  बस ल्याउने बारेमा कुरा अघि बढाइरहेका छौं