धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

हिलवल्डको १८औं बार्षिकोत्सव सम्पन्न

हिलवल्डको १८औं बार्षिकोत्सव सम्पन्न

धनगढी धनगढी स्थित हिलवल्र्ड बोर्डिङ स्कुलको १८औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएइको

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यमा विविध कार्यक्रम गरिएको हो प्रमुख अतिथी रहेका प्रदेश प्रमुख जोशीले गुणस्तरीय तथा प्राविधिक शिक्षामा सबैले जोड दिनुपर्ने बताए उनले देश विकासको आधारनै गुणस्तरिय शिक्षा रहेको बताए अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो प्रदेश प्रमुख जोशीले भने, ‘यसका लागि समय सुहाउदो शिक्षा विद्यालयहरुले लागु गर्दै विद्यार्थी अभिभावकको आर्कषण बढाउनमा जोड दिनुपर्छ

उनले सामुदायिक विद्यालयसंगै नीजि विद्यालयहरु पनि शिक्षा क्षेत्रमा क्रान्ति गरिरहेको बताए उनले भने –‘अझै पनि प्रदेशका दुर्गम क्षेत्रमा गुणस्तरिय शिक्षाका दिन सक्ने विद्यालय नहुँदा धेरै खर्च गरि अन्यत्र जानुपर्ने बाँध्यता रहेको

विद्यालयका अध्यक्ष भोजबहादुर बमको अध्यक्षतामा भएको कार्यक्रममा नाष्ट कलेजका उपेन्द्र बम, प्यावसन कैलालीका अध्यक्ष तोपेन्द्र शाह, पञ्चोदय माविका पूर्व अध्यक्ष यादव जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए विद्यालयकी शिक्षिका जयालक्ष्मी जोशीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्

विभिन्न व्यक्ति सम्मानित

हिलवल्र्डको वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्ति सम्मानित भएका छन् सम्मानति हुनेमा पत्रकार पुष्पराज जोशी हिलवल्र्डका अध्यक्ष तथा गौरिगंगा उपप्रमुखमा निर्वाचित भोजबहादुर बम विद्यालयकै निवर्तमान शिक्षक रही हाल बझाङको दुर्गाथली गाउँपालिका को वडा अध्यक्षमा निर्वाचित शिवराज जोशी रहेका छन् यस्तै विद्यालयमै अध्यापन गरेर डाक्टर, प्रशासक, नायव सुब्बा बनेका विभिन्न व्यक्तिहरुलाई पनि सम्मानित गरिएको थियो उनीहरुलाई प्रदेश प्रमुख देवराज जोशीले दोसल्ला ओढाएर तथा प्रमाणपत्र वितरण गरेर सम्मान गरे

यस्तै खेल, नृत्व तथा अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ भएका खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो कार्यक्रममा विद्यार्थीले कला प्रस्तुत समेत गरेका थिए