धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

वेष्टर्न क्रिष्टको एकेडेमीको १३ औँ वार्षिक उत्सव सम्पन्न

वेष्टर्न क्रिष्टको एकेडेमीको १३ औँ वार्षिक उत्सव सम्पन्न

धनगढी धनगढी स्थित वेष्टर्न क्रिष्टल एकेडेमीको १३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम विविध कार्यक्रम गर्दै समापन भएको

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री दीर्घ सोडारीको प्रमुख आथित्यतामा १३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो प्रमुख अतिथी रहेका सोडारीले सुदूरपश्चिमलाई आवश्यक पर्ने प्राबिधिक जनशक्ति उत्पान गर्न नीजि शैक्षिक संस्थाको अहम भुमिका हुने बताए

सरकारी विद्यालयमा निजीको तुलानामा धेरै सेवा सुविधा रहेको भएपनि शिक्षामा सोचे अनुसारको परिणाम आउन नसकेको बताउँदै उनले सरकारीको तुलनामा नीजि शैक्षिक संस्थाले शिक्षा क्षेत्रमा राम्रो काम गरेको बताए

नीजि शैक्षिक संस्थाले धरै मेहनत गरेका छन्, सोडारीले भने, ‘जस्का कारण शिक्षाको परिणाम पनि राम्रो आएको

सोडारीले प्रदेशको शैक्षिक विकासका लागि शिक्षा नीति राम्रो हुनु आवश्यक रहेको बताए

फरक प्रसंगमा बोल्दै नेता सोडारीले सुदूरपश्चिम प्रदेशमा कमल शाह नेतृत्वपमा बनेको सरकारले विश्वासको मत पाउने दावि गरे अघिल्लो सरकार बर्ष नै चलेको भन्दै मन्त्री सोडारीले यस पटक सुरुवातमा समस्या रहेपनि अव भने सरकार स्थिर हुने बताए

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल उर्मिला कुँवरले विद्यालयको वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेकी थिइन्

२०६६ सालमा ३५ विद्यार्थीबाट सुरु गरेको विद्यालयले हाल हजारौँ विद्यार्थी प्राप्त गरेको उनले बताइन्   विद्यालयले संस्कारयुक्त विद्यार्थी, गुणस्तरीय शिक्षामा जोड दिँदै आएको उनको भनाई   विद्यालयले राज्यले निर्धारण गरेको भन्दा पनि बढी छात्रवृत्ति प्रदान गरिरहेको विद्यालयको दाबी

यस्तै सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले सरसफाइ वृक्षारोपण रक्तदान जस्ता क्रियाकलाप गरिरहेको जनाएको वार्षिक उत्सवका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो   यस्तै विभिन्न विद्यार्थीलाई विभिन्न खेल तर्फका पुरस्कार समेत वितरण गरिएको थियो

बार्षिकोत्सव कार्यक्रममा बोल्दै पञ्चोदय माविका पुर्व प्रधानाध्यापक यादव जोशीले बालबालिकाको उज्वल भविश्य निर्माणका लागि विद्यालय संगै अभिभावक पनि जिम्मेवार हुनुपर्ने बताए

स्कुलमा शुल्क बझाएकैछु, अव बालबालिकाको भविश्य स्कुलले सुधारिदेला भन्ने मानसिकता हटाएर घरमा पनि बालबालिकाको ख्याल गर्न सकेमात्रै उनिहरुको भविश्य उज्वल हुने उनले बताए  

कार्यक्रममा प्याब्सनका केन्द्रिय उपाध्यक्ष जगबिर थापा, प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए