धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

धनगढीमा सूचना प्रबिधि मेला सुरु

धनगढीमा सूचना प्रबिधि मेला सुरु

धनगढी । धनगढीमा मंगलबारदेखि इन्फोटेकको आयोजनामा सूचना प्रविधि प्रदर्शन सुरु भएको छ । कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा फागुन १६ देखि  २० गतेसम्म सूचना प्रविधि प्रदर्शनी भएको हो । 
मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नविनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साइबर सेक्युरिटी सम्बन्धी जानकारी दिइने जनाइएको छ । इन्फोटेकको मुख्य प्रायोजकमा नेपाल दुर संचार प्राधिकरण र एशोसियटमा नेपाल टेलिकम रहेका छन् ।
क्यान कैलालीका अध्यक्ष यज्ञ राज ओझाका अनुसार इन्फोटेकमा नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)  को सुविधा सम्पन्न मोबाइल बसमा बिभिन्न सेमीनारका बारेमा  जानकारी गराइने छ ।
अध्यक्ष ओझाका अनुसार इन्फोटेकमा ७० वटा स्टलबाट बिभिन्न कम्पनी, संस्थाहरुलाई आमन्त्रण गरेर नयाँ प्रविधिको प्रदर्शनी गरिनेछ । सुदूरपश्चिमका नौ वटै जिल्लालाई समेटेर ८० हजारदेखि १ लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य क्यानले लगेको छ । सूचना प्रबिधि मेलाको मंगलबार एक कार्यक्रमबा विच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले गरेका हुन् ।