धनगढी । धनगढी–४ स्थित अक्सफोर्ड युनिभर्स रिडेक्स सेकेन्ड्र स्कुलको १३औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उप कुलपति डा. टीएन जोशी प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथी जोशीले स्थापना भएको छोटो समयमै अक्सफोर्डले राम्रो प्रगति हाशील गरेको भन्दै सञ्चालक र शिक्षक कर्मचारीको प्रशंसा गरे ।
‘१३ बर्ष भनेको धेरै समय हैन,’ उप कुलपति जोशीले भने, ‘छाटो समयमा आफ्नै भवन सहित अक्सफोर्डले स्तरिय पठनपाठन गरिरहेको छ, सञ्चालक र शिक्षक कर्मचारी विचको उत्कृष्ट तालमेल र कडा परिश्रम नभई यो सम्भव हुदैन ।’
उनले बालबालिकाको उज्वल भविश्य निर्माणका लागि विद्यालय संगै अभिभावकको जिम्मेवारी पनि महत्वपुर्ण हुने बताए । स्कुलबाट दिएको गृहकार्य बालबालिकाले ग¥योकी गरेन, नियमित कक्षामा बस्छकी बस्दैन, कस्तो संगत रहेको छ, भन्ने बारेमा अभिभावकले आफ्ना नानी बाबुको निरन्तर निग्रानी गर्नुपर्दछ,’ उनले भने, ‘स्कुलमा शुल्क बुझाएकै छु, पढाउनेकाम विद्यालयको हो भनेर अभिभावकले उम्कन पाउँदैनन् ।’
धनगढी–४ का वडा अध्यक्ष बुद्धिबहादुर खड्काले निजी शैक्षिक संस्थाले कम लगानीमा शैक्षिक स्तर माथीउकास्न महत्वपुर्ण भुमिका खेलेको बताए । ‘शिक्षाको स्तर बढाउने दायीत्व राज्यको हो,’ वडा अध्यक्ष खड्काले भने, ‘त्यसैकालागि सरकारी विद्यालयमा सरकारले अरबौं रुपैंया लगानी पनि गरेको छ, तर सरकारी विद्यालयको नतिजा सन्तोषजनक छैन, अहिले शिक्षको स्तर उकास्न निजी शैक्षिक संस्थाले अहम भुमिका निर्वाह गरेका छन् ।
वडाअध्यक्ष खड्काले आगामी दिनमा सामुदायिक संगै निजी शैक्षिक संस्थालाई पनि नीति कार्यक्रममा समेटेर लैजाने प्रतिबद्धता जनाएका थिए ।
प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाहले सरकारले गर्नुपर्नेकाम नीजि शैक्षिक संस्थाले गरेको भएपनि सरकारले नीजि शैक्षिक संस्थालाई अझैपनि नराम्रो नजरले हेर्ने गरेको गुनासो गरे । ‘सामुदायिक विद्यालय प्रति अभिभावको भरोसा नभएकै कारण नीजि शैक्षिक संस्थामा विद्यार्थी आएका हुन्,’ शाहले भने, ‘नीजि शैक्षिक संस्थाकै कारण शिक्षाको स्तर पनि राम्रो भएको छ, तर सरकारले अहिले पनि नीजि शैक्षिक संस्थालाई सोतेलो व्यवहार गरिरहेको छ, यसले हामीलाई दुःखी बनाएको छ ।’
प्याब्सन धनगढी नगरकमिटि अध्यक्ष नरेन्द्र बहादुर सिंहले विद्यालयहरु बालबालिका प्रति जिम्मेवार भएर मात्रै नहुने बताए । ‘विद्यालयले आफ्नो तर्फबाट गर्ने कर्तव्य इमान्दार भएर गरिरहेका हुन्छन्,’ अध्यक्ष सिंहले भने, ‘तर अभिभावक आफ्नो जिम्मेवारी प्रति कति सचेत छन् भन्ने कुराले बालबाकिलाको शैक्षिक स्तर निर्धारण हुने गर्दछ, सवै अभिभावकले आफ्ना नानी बाबुको बारेमा निरन्तर चासो राख्नु अपरिहार्य छ ।’
कार्यक्रममा कैलाली मोडेलका प्राचार्य टोपेन्द्र शाह, तेक्वान्दो खेलका राष्ट्रीय प्रशिक्षक आशिष चन्द, डिलाशैनी शिवनगर सामुदायिक वनका अध्यक्ष किसनसिंह ऐर, अभिभावक राजुदेवि ढुंगाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

शिक्षक तोयराज भट्टले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षक धनन्जय जोशीले गरेका थिए । विद्यालयको प्रगति विवरण तथा आगामी कार्ययोजना प्रस्तुत गर्दै प्रिन्सिपल लोकराज पन्तले विद्यालयको स्तर उन्नती गर्दै कक्षा थप गर्ने योजना रहेको बताए । उनले भविश्यमा विद्यालयको भैतिक संरचना बढाउने पुर्व प्राथमिक कक्षालाई व्यवस्थित गर्न मन्टेश्वरी सामग्री थपगर्ने, खेल सामग्री थप गर्ने लगायतका योजना प्रस्तुत गरेका थिए ।
उत्कृष्ट अभिभावक शिक्षक र विद्यार्थीलाई सम्मान
अक्सफोर्ड युनिभर्स स्कुलको १३औं बार्षिकोत्सव कार्यक्रमका अवसरमा उत्कृष्ट अभिभावक, शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको छ ।

बार्षिकोत्सव कार्यक्रमका अवसरमा अक्फोर्डले अभिभावक राजु ढुंगाल, लोकराज ओझा, जानकी बोहरा र जयकुमार चौधरीलाई प्रशंसापत्र सहित सम्मान गरेको छ ।
त्यसैशरी शिक्षक तर्फ तोयनाथ भट्ट र समुन्द्रा भट्टराईराई सम्मानीत गरिएको छ ।
विद्यार्थी तर्फि उत्कृष्ट विद्यार्थी अवार्ड गिरिराज भट्ट, अनुशाशीत विद्यार्थी अवार्ड कृति पन्त, लगनशील विद्यार्थी अवार्ड विवेक बोहरा, धेरै दिन हाजीरी हुने विद्यार्थी प्रसान्त शाहु, सरसफाई अवार्ड फोमी बोहरा र कामाना पाण्डेलाई प्रदान गरिएको छ ।
बार्षिकोत्सव कार्यक्रमका अवसरमा गत बर्ष कक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी बार्षिकोत्सव कार्यक्रमका अवसरमा आयोजना गरेका खेल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय भएका लेखाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । बार्षिकोत्सव कार्यक्रमका अवसरमा विद्यार्थी तथा शिक्षक कर्मचारीले विभिन्न कार्यक्रम गरी उत्सव मनाएका थिए ।