धनगढी पोष्ट
शुक्रबार, १९ फागुन २०७९ मा प्रकाशित
धनगढी । बझाङ सदरमुकाम चैनपुर स्थित बाहुली खोलाको किनारमा नवजात शिशुको शव फेला परेको छ ।
प्रहरीका अनुसार जयपृथ्वी नगरपालिका–१० चैनपुरमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको हो ।
चैनपुरस्थीत बाहुलीगाडको किनार निर्माणाधीन बसपार्क नजिकै सालनालसहित बालुवामा गुटमुटिएको अवस्थामा शिशुलाई फेला परेको बताइएको छ । तर बच्चा कसको हो भन्ने जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।
सो विषयमा अनुसन्धान थालिने बताइएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको र उक्त स्थानमा प्रहरी टोली खटाई शव फाल्नेको खोजी भइरहेको जनाएको छ ।