धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

बैतडीमा नाक, कान, घाँटी रोगको विषेशज्ञ सेवा

बैतडीमा नाक, कान, घाँटी रोगको विषेशज्ञ सेवा

धनगढी । जिल्ला अस्पताल बैतडीमा बिशेषज्ञ सहितको सेवा शुरु भएपछि बिरामीहरुलाई उपचारका लागि सहज भएको छ । जिल्ला अस्पताल बैतडीले नाक,कान,घाँटी रोग विषेशज्ञ सेवा पनि सुरु गरेको छ ।

यस अघि नाक, कान, घाँटीको नियमित सेवा दिन नसकेको जिल्ला अस्पताल बैतडीले अव नियमित सेवा दिने भएको हो ।

नाक कान घाँटी रोग विषेशज्ञ डा. जीवन बानियाँ जिल्ला अस्पताल बैतडीमा आए लगत्तै जिल्ला अस्पतालमै बिशेषज्ञ सहितको सेवा पाइने भएपछि बिरामीहरुलाई समेत सहज भएको छ । पहिलाको तुलनामा अस्पतालको सेवामा सुधार भएको दशरथचन्द नगरपालिका २ का तिलक बोहराले बताए । जिल्ला अस्पतालमा बिशेषज्ञ सहितको सेवा सञ्चालनमा रहेकाले पहिलाको तुलनामा बिरामीहरुको संख्या पनि बढ्दै गएको जिल्ला अस्पताल प्रसासनले जनाएको छ ।