धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

सशस्त्र प्रहरीले भारतीय सुरक्षाकर्मीलाई हतियार सहित आउन रोके : जनमोर्चा

धनगढी

  कनचनपुरको बेलौरी नगरपालिकामा नेपाली भुमिमाथि भारतीय पक्षले अनधिकृत रुपमा दावी गरेको भन्दै राष्ट्रिय जनमोर्चाले भत्सना गरेको भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेर नेपाली भुमि आफ्नो भएको दावी गरेको क्षेत्रमा  बिहीवार अनुगमन गरेपछि राष्ट्रिय जनमोर्चाले भारतीय दावीको भत्र्सना गरेको हो

  एसएसबीका आइजी, एसडीएम सहितको टोली २५ गाडीमा सीमा क्षेत्रमा आए पनि सशस्त्र प्रहरी बलले हतियार सहित प्रबेश गर्न नदिएपछि उनीहरु भारतीय सीमामा नै हतियार राखेर नेपाली सीमामा आएको  अनुगमनपछि राजमोका सुदुरपश्चिम प्रदेश इन्चार्ज मनोज भट्टद्धारा जारी प्रेस नोटमा जनाइएको

   नेपाली सुरक्षाकर्मी स्थानीय वासिन्दासँग भारतीय सुरक्षाकर्मीले रेफरेन्स पिलर ३८ आफ्नो भएको दावीको  आधार दिन नसकेको भेटिएको प्रदेश यन्चार्ज भट्टले बताए

  हुलाकी राजमार्ग निर्माण भैरहेको करिब हजार शय मीटर क्षेत्रमा भारतीयले दावी गरे पनि  उक्त क्षेत्रमा निर्माण कार्य अहिले भैरहेको भट्टले बताए

  राजमोको अनुगमन टोलीले स्थानीय वासिन्दा, पत्रकार सुरक्षाकर्मीहरुसँग छलफल गरेको थियो    स्थलगत अनुगमनपछि असार २८ गते राजमोले प्रधानमन्त्रीलाई ज्ञापनप बुझाउने भट्टले बताए