धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लगे विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लगे विश्वासको मत

धनगढी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत लगेका छन्

शाहलाई प्रदेश सभाका ५३ मध्य ४१ प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन् जुन तीहाई मत हो आइतबार बसेको सुदूरपश्चिम प्रदेश सभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रस्तावमा ११ जना प्रदेश सभा सदस्य मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा रहेका थिए

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेसका १९, नेकपा माओबादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका , नेकपा एसका एक जना स्वतन्त्र प्रदेश सभा सदस्यले विश्वासको मत दिएका हुन् भने नेकपा एमालेका १० राप्रपाका एक जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएनन्

दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेका एमाले संसदस्य दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि माघ २६ गते संविधानको धारा १६८ को उपधारा ३) अनुसार ठूलो दलको हैसियतमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमल बहादुर शाह नियुक्त भएका थिए

प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा -_ अनुसार ठूलो दलको हैसियतमा शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए