धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

बिश्वासको मत पाए पनि मन्त्रीमण्डल बिस्तार चैत ५ पछि :  शाह

बिश्वासको मत पाए पनि मन्त्रीमण्डल बिस्तार चैत ५ पछि :  शाह
कमल बहादुर शाह

धनगढी ।  मुख्यमन्त्री कमल बहादुर शाहले बिश्वासको मत प्राप्त गरे पनि सुदुरपश्चिम प्रदेश सरकारले आगामी चैत ५ गतेपछि मात्र पुर्णता पाउने भएको छ । आचारसंहिता सकिएपछि मात्र प्रदेश सरकारले पुर्णता पाउने मुख्यमन्त्री कमल बहादुर शाहले बताए ।

सरकारले बिश्वासको मत लिएपनि मन्त्रीमण्डल बिस्तारको काम अहिले हुदैन । दुई तिहाइले बिश्वासको मत लगिसकेपछि मुख्यमन्त्री शाहले भने अहिले आचारसंहिताले त्यो काम रोकेको छ । आचारसंहिता सकिएपछि चैत ५ पछि मात्र मन्त्रीमण्डल बिस्तारको काम हुनेछ ।

तीस दिनभित्र बिश्वासको मत लिनै पर्ने संवैधाकि व्यवस्थाका कारण मात्र अहिले बिश्वासको मत लिएको मुख्यमन्त्री शाहले बताए । 

राष्ट्रपति र उपराष्ट्रपति चुनावका कारण चैत ५ गतेसम्म आचारसंहिता लागु भैरहेको छ । चैत १३ गते उम्मेदवारी दर्ता भएको राष्ट्रपतिको निर्वाचन फागुन २६ गते हुदैछ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुदैछ ।

अहिले आचारसंसिहता लागु भएकोले प्रदेश सरकारमा दलहरुबीचको शक्ति बाडफाडका बारेमा छलफल नभएको भन्दै मुख्यमन्त्री शाहले भने आचारसंहिता सकिएपछि केन्द्रिय नेतृत्वले दलहरुको सहभागिताको मोडालिटी र संख्या टुंगो लगाउछ, त्यसै अनुसार बिश्वासको मत दिने दलहरुको सहभागितामा प्रदेश मन्त्रीमण्डल बिस्तार हुन्छ ।

फागुन २१ गते मुख्यमन्त्री शाहले सुदुरपश्चिम प्रदेश सभामा ४१ मत प्राप्त गरेर संसदको बिश्वास लिएका थिए ।

माघ २६ गते सुदुरपश्चिमको मुख्यमन्त्री भएका शाहलाई ३० दिनभित्र प्रदेशसभामा बिश्वासको मत लिनु पर्ने संवधानिक व्यवस्था छ  ।

चार दलको समर्थनमा बहुमत सांसदको सहमतिमा मुख्यमन्त्री बनेका नेकपा एमालेका सुदुरपश्चिम अध्यक्ष एव प्रदेश सभा संसदिय दलका नेता राजेन्द्रसिंह रावलले बिश्वासको मत लिन नसकेपछि संदिमा सबै भन्दा ठुलो दलको नेताका रुपमा नेपाली कांग्रेस संसदिय दलका नेता शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।