धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

राष्ट्रपति चयनका लागि मतदान सुरु

राष्ट्रपति चयनका लागि मतदान सुरु

धनगढी नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको

राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन्

मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् त्यसपछि मात्र नेम्वाङले मतदान गरे निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने आजै बेलुका बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिएका छन्

दिउँसो बजेसम्म मतदानको समय निर्धारण गरेको संघीय सांसद (प्रतिनिधि सभा राष्ट्रिय सभाका सदस्य) प्रदेश सभा सदस्यहरुले मतदान गर्दैछन्

संघीय सांसदहरुका लागि रातो प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको

संघीय सांसदको मतभार ७९ प्रदेश सांसदको ४८ सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव हुन् कांग्रेसबाट चुनिएका यादवको कार्यकाल २०६५ साल साउन गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म थियो दोस्रो राष्ट्रपतिको रुपमा नेकपा एमालेबाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन्

भण्डारीको लगातार दुई कार्यकाल यही फागुन २८ गते सकिने भएकाले नयाँ राष्ट्रपति चुन्न आज मतदान सुरु भएको हो उपराष्ट्रपति पदको निर्वाचन भने चैत गते हुनेछ