धनगढी पोष्ट आइतबार, ०७ असार २०८३   June 21, 2026

नेत्रज्योति संघ कैलालीको अध्यक्षमा जोशी

नेत्रज्योति संघ कैलालीको अध्यक्षमा जोशी
लोकराज जोशी अध्यक्ष नेपाल नेत्रज्योति संघ जिल्ला शाखा कैलाली

धनगढी नेपाल नेत्रज्योति संघ जिल्ला शाखा कैलालीको २५ औं साधारण सभा लोकराज जोशीको अध्यक्षतामा नया कार्यसमिति चयन गर्दै शनिबार सम्पन्न भएको

निर्विरोध चयन भएको कार्यसमितिको सदस्यमा चक्र  बहादुर  सिंह, भुपेन्द्र थापा, मणिराज भट्ट, करुणाकर भट्ट, नरेन्द्रराज शर्मा, यज्ञराज चौधरी, रन्जना जोशी, केदारदत्त भट्ट, सम्झना भण्डारी अधिकारी, चन्द्र बहादुर चन्द, शेर सिंह खड्का  देवराज अवस्थी रहेका छन्

यसअघि भएको उद्घाटन कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रिय अध्यक्ष डा. चेतराज पन्त, केन्द्रिय उपाध्यक्ष चक्र बहादुर सिंह, सुदुरपश्चिमाञ्चल बिश्वबिद्यालयका ब्यवस्थापन संकायका डिन डा. पदमराज जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए